काठमाडौं । ललितपुरको ग्वार्कोमा अवस्थित पाँचतारे होटल द म्यासिफ होटल प्राइभेट लिमिटेड (रोयल टुलिप) ले सर्वसाधारणका लागि शेयर निष्कासन गर्ने प्रक्रियालाई अगाडि बढाएको छ।
कम्पनीलाई पब्लिक लिमिटेडमा रुपान्तरण गरी शेयर बजारमा सूचीकृत गराउने उद्देश्यका साथ होटलले नबिल इन्भेष्टमेन्ट बैंकिंग लिमिटेडसँग संस्थागत परामर्श सेवा अन्तर्गत ‘रोड टु आईपीओ’ सम्बन्धी सम्झौता गरेको छ। उक्त सम्झौता पत्रमा होटलका तर्फबाट अध्यक्ष राजेन्द्र शाक्य र नबिल इन्भेष्टमेन्टको तर्फबाट प्रमुख कार्यकारी अधिकृत मनिष नारायण जोशीले हालै हस्ताक्षर गरेका छन् ।
। र्नुभएको छ।
सम्झौताअनुसार नबिल इन्भेष्टमेन्टले होटललाई प्राईभेटबाट पब्लिक लिमिटेड कम्पनीमा रुपान्तरण गर्न आवश्यक कानूनी तथा प्राविधिक परामर्श प्रदान गर्नेछ। साथै, सार्वजनिक निष्कासनका लागि आवश्यक पर्ने पूर्वतयारीमा नबिल इन्भेष्टमेन्टले समन्वयकारी र सहयोगी भूमिका निर्वाह गर्नेछ भने पूर्वतयारीका कार्यहरू सम्पन्न भएपछि नियमनकारी निकायहरूबाट आईपीओ निष्कासनका लागि अनुमति माग गरिने जनाइएको छ।
फ्रान्सको अन्तर्राष्ट्रिय चेन ब्राण्ड ‘रोयल टुलिप’ अन्तर्गत संचालित यो होटलले अब संस्थागत रूपमा अझ मजबुत बन्न सार्वजनिक निष्कासनको बाटो रोजेको जनाएको छ।















प्रतिक्रिया दिनुहोस्