काठमाडौं । सामसंग नेपालले आफ्ना ग्राहकहरूका लागि ‘अपग्रेड टु ग्यालेक्सी’ अफर घोषणा गरेको छ।
यस अफरअन्तर्गत ग्राहकहरूले आफ्नो पुरानो मोबाइल साटेर नयाँ ग्यालेक्सी स्मार्टफोन सिरिजमा सहज रूपमा अपग्रेड गर्न सक्नेछन्। यो सीमित अवधिको योजना मे २७ देखि जुन ३० सम्म देशभरिका अधिकृत सामसंग रिटेल स्टोर तथा पार्टनर आउटलेटहरूमा लागू हुने कम्पनीले जनाएको छ।
यस अभियानको सबैभन्दा आकर्षण भनेको सहज फाइनान्सिङ सुविधा हो। ग्राहकहरूले ०५ डाउन पेमेन्टमा २४ महिनासम्मको किस्ताबन्दी सुविधा पाउनेछन्, जसले गर्दा प्रिमियम र मिड–रेन्ज फोन खरिद गर्न अझै सजिलो हुनेछ।
यसैगरी, ग्राहकहरूले आफ्नो पुराना सेलेक्टेड डिभाइस ल्याएर त्यसको उचित मूल्याङ्कनका साथै अधिकतम ८ हजार रुपैयाँ सम्मको अतिरिक्त एक्सचेन्ज बोनस र निश्चित छुट प्राप्त गर्न सक्नेछन्।

यस विशेष अफरसँगै सामसंगले एनसेल प्रयोगकर्ताहरूका लागि आकर्षक डेटा प्याकको व्यवस्था गरेको छ। लगातार १२ पटक रिचार्ज गर्दा ग्राहकले S26 Series का लागि न्यूनतम ३९९ को एनसेल प्याक खरिदमा प्रति रिचार्ज १५ GB का दरले कुल १८० GB डेटा र A57 / A37 / A17 / M17 का लागि न्यूनतम २९९ रुपैयाँको एनसेल प्याक खरिदमा प्रति रिचार्ज १० GB का दरले कुल १२० GB डेटा पाउनेछन् ।

















प्रतिक्रिया दिनुहोस्