Advertisement
Advertisement
Corporate Samachar
२१ असार २०८३, आईतवार
Advertisement

सानिमा जीआईसी इन्स्योरेन्सको आठौं वार्षिक साधारण सभा सम्पन्न

सानिमा जीआईसी इन्स्योरेन्सको आठौं वार्षिक साधारण सभा सम्पन्न
विज्ञापन
Advertisement

काठमाडौं। सानिमा जीआईसी इन्स्योरेन्स लिमिटेडको आठौं वार्षिक साधारण सभा आज सम्पन्न भएको छ ।

विज्ञापन
Advertisement
Advertisement

नेपाल पुलिस क्लवमा सम्पन्न उक्त सभाले विभिन्न आर्थिक र वित्तीय प्रतिवेदन पारित गरेको छ। सभामा कम्पनी अध्यक्ष कुनाल कयालले आर्थिक वर्ष २०८१/०८२ को वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए । नेपाल वित्तीय प्रतिवेदनमान बमोजिम तयार पारिएको उक्त वित्तीय विवरणलाई सभाले सर्वसम्मत रूपमा पारित गरेको छ।

यसैगरी, सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम कम्पनीको हाल कायम चुक्ता पुँजी २ खर्ब १५ अर्बको ५ प्रतिशतका दरले हुन आउने दश करोड पचहत्तर लाख बराबरको बोनस शेयर जारी गर्ने विशेष प्रस्ताव सभाले सर्वसम्मत रूपमा स्वीकृत गरेको छ।

कम्पनीको सातौं वार्षिक साधारण सभाबाट पारित भएको चुक्ता पूँजीको १७ प्रतिशत (३६,५५,००० कित्ता) हकप्रद शेयर बमोजिम हुन आउने विवरण र यस सभाबाट पारित बोनस शेयर जारी गरे पश्चात कायम हुने चुक्ता पुँजीको विवरण पुनरावलोकन गर्ने अख्तियारी सञ्चालक समितिलाई दिइएको छ।

कम्पनीको संशोधित प्रबन्धपत्र तथा नियमावली अभिलेख वा स्वीकृत गर्दा नियमनकारी निकायबाट कुनै फेरबदल वा संशोधन गर्न निर्देशन प्राप्त भएमा सोही बमोजिम कार्य गर्न समितिलाई पूर्ण अख्तियारी प्रदान गरेको जनाइएको छ।

सभाले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि कम्पनीको वार्षिक लेखा परीक्षकमा आर.एस.एम.ए. एशोसियटस्, चार्टर्ड एकाउण्टेण्टस्लाई नियुक्त गर्ने प्रस्ताव पारित गरेको छ । कम्पनी ऐनको दफा १०५ को उपदफा १ (ग) बमोजिम आर्थिक वर्ष २०८१/०८२ मा भएको खर्चको अनुमोदन गर्ने विशेष प्रस्ताव पनि सभाले सर्वसम्मत रूपमा स्वीकृत गरेको छ ।

सभाको समापन गर्दै अध्यक्षले कम्पनीले ग्राहकहरूलाई अझ उत्कृष्ट सेवा प्रदान गर्नमा ध्यान केन्द्रित गर्ने, व्यवसाय विस्तार गर्दै देशको अर्थतन्त्रमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरे ।

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit