Advertisement
Advertisement
Corporate Samachar
९ भाद्र २०८३, मंगलवार
Advertisement
Advertisement

कुमारी बैंकद्वारा गंगालाल हृदय केन्द्रलाई १० लाख रुपैयाँ आर्थिक सहयोग

कुमारी बैंकद्वारा गंगालाल हृदय केन्द्रलाई १० लाख रुपैयाँ आर्थिक सहयोग
विज्ञापन
Advertisement

काठमाडौं। कुमारी बैंक लिमिटेडले शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रलाई १० लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ।

विज्ञापन
Advertisement
Advertisement

बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत नवजात शिशु तथा बालबालिकाको सघन उपचार (क्रिटिकल केयर) सेवा सुदृढीकरणका लागि उक्त सहयोग गरेको हो। बैंकका अनुसार सहयोग रकम हृदय रोगबाट पीडित नवजात शिशु तथा बालबालिकाको उपचारका लागि आवश्यक स्वास्थ्य सेवा तथा उपकरण व्यवस्थापनमा प्रयोग गरिनेछ।

नेपाल सरकारअन्तर्गत सञ्चालित शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र देशकै प्रमुख विशिष्टीकृत हृदय रोग उपचार केन्द्रमध्ये एक हो। केन्द्रले विभिन्न दुर्गम तथा पिछडिएका क्षेत्रबाट उपचारका लागि आउने आर्थिक रूपमा विपन्न, सीमान्तकृत तथा जोखिममा रहेका नवजात शिशु तथा बालबालिकालाई विशेषज्ञ स्वास्थ्य सेवा प्रदान गर्दै आएको छ। बढ्दो बिरामी चाप र सघन उपचार सेवाको आवश्यकतालाई मध्यनजर गर्दै बैंकले सहयोग गरेको जनाएको छ। बैंकका अनुसार यस सहयोगले नवजात शिशु तथा बालबालिकाको उपचारको गुणस्तर सुधार गर्न, जीवनरक्षा दर बढाउन तथा स्वास्थ्य सेवामा रहेको असमानता न्यूनीकरण गर्न योगदान पुग्ने अपेक्षा गरिएको छ।

कुमारी बैंकले स्वास्थ्य सेवा प्रत्येक नागरिकको आधारभूत अधिकार भएको मान्यता राख्दै आर्थिक तथा सामाजिक रूपमा पछाडि परेका वर्गको गुणस्तरीय स्वास्थ्य सेवामा पहुँच विस्तारका लागि विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ। हाल बैंकका देशभर ३०२ शाखा, ४१ विस्तारित काउन्टर, ३०२ एटीएम र ४० शाखारहित बैंकिङ इकाई सञ्चालनमा छन्। बैंकले आगामी दिनमा पनि सामाजिक उत्तरदायित्वअन्तर्गतका कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit