Advertisement
Advertisement
Corporate Samachar
२६ जेष्ठ २०८३, मंगलवार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

प्रभु महालक्ष्मी लाइफद्वारा एमडिआरटी छनोट भएका सदस्यहरुलाई सम्मान

प्रभु महालक्ष्मी लाइफद्वारा एमडिआरटी छनोट भएका सदस्यहरुलाई सम्मान
विज्ञापन
Advertisement

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले वित्तीय परामर्शदाताहरुको अन्तराष्ट्रिय फोरम मिलियन डलर राउन्ड टेबल (एमडिआरटी) २०२६ का लागि छनोट भएका अभिकर्ताहरुलाई सम्मान गरेको छ ।

विज्ञापन
Advertisement
Advertisement

कम्पनीका प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाईले उद्घाटन कार्यक्रममा सम्बोधन गर्दै एमडिआरटी बन्न सफल सदस्यहरुलाई बधाइ दिए । उनले भने, ‘तपाईंहरुको मेहनतले पाएको सफलतामा प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको सधैँ साथ–सहयोग रहन्छ र उच्च सम्मान प्रकट गर्दछ । एमडिआरटी जस्तो अन्तराष्ट्रिय फोरममा छनोट हुनु आफैँमा गौरवको विषय हो । हामी अभिकर्ताहरुलाई आगामी वर्षहरुमा पनि निरन्तर सफलताको शुभकामना व्यक्त गर्दछौं।’

यस्तै उनले अभिकर्ताहरुलाई उनीहरुको योग्यताको पहिचान नै आफूले गर्ने कामले दिलाउने सफलता भएको उल्लेख गरे । कम्पनी नायव महाप्रबन्धक एवं नेशनल सेल्स हेड सोन बहादुर मगरले पनि एमडिआरटिमा छनोट भएकालाई पेसाले दिएको मान सम्मानको एक उत्कृष्ट उदाहरण भएको धारणा राखे ।

कार्यक्रममा अन्तराष्ट्रिय ट्रेनर अमित शर्माले अभिकर्ताहरुलाई व्यवसायीक बिक्री कलाको क्षमता अभिवृद्धि सम्बन्धी तालिम दिएको कम्पनीले जनाएको छ । रुपन्देहीको भैरहवामा माघ ७ देखि ९ गतेसम्म ३ दिन सञ्चालन भएको कार्यक्रममा चर्चित हास्यव्यङ्ग्य कलाकार सन्दिप क्षत्रीले प्रेरणदायी तथा मनोरञ्जनात्मक प्रस्तुती दिएका थिए ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit