Advertisement
Advertisement
Corporate Samachar
९ जेष्ठ २०८३, शनिबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

कामना सेवा विकास बैंकद्वारा लम्की मानव सेवा आश्रमलाई न्यानो सामग्री प्रदान

कामना सेवा विकास बैंकद्वारा लम्की मानव सेवा आश्रमलाई न्यानो सामग्री प्रदान
विज्ञापन
Advertisement

काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले असहाय वृद्धवृद्धा एवं बालबालिकालाई न्यानो सामग्री प्रदान गरेको छ ।

विज्ञापन
Advertisement
Advertisement

आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत शाखा कार्यालय लम्की मार्फत लम्की मानवसेवा आश्रम, कैलालीका असहाय, बेसाहारा तथा संरक्षणविहीन वृद्ध आमाबुबा र टुहुरा बालबालिकालाई न्यानो सामग्री वितरण गरेको बैंकले जनाएको छ ।

बैंकको लम्की शाखा प्रमुख भिम राज जैसीले लम्की मानवसेवा आश्रम, कैलालीका सञ्चालक विनोद थापालाई ब्लाङकेट, म्याट्रेस, सिरक तथा अन्य चिसो मौसमका लागि आवश्यक न्यानो कपडा वितरण गरेका हुन् । प्रमुख जैसीले बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत गरिएको सो कार्यक्रम लम्की मानव सेवा आश्रमलाई महत्वपुर्ण सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

जाडोयाममा न्यानो सामग्री उपलब्ध गराएकोमा आश्रमा रहेका बेसाहारा वृद्ध तथा बालबालिकाहरुको जीवनमा न्यानोपन, सुरक्षा तथा आत्मबल थपिने सञ्चालक थापाको विस्वास छ । बैंकले आगामी दिनहरुमा समेत सरोकारवालाहरुको समन्वय तथा सहकार्यमा
समाजप्रति संस्था उत्तरदायी रहँदै आवश्यक सहयोगका कार्यक्रमहरु सञ्चालन गर्ने जनाएको छ ।

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit