Advertisement
Advertisement
Corporate Samachar
९ जेष्ठ २०८३, शनिबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

सामसङ नेपालद्वारा T20 विश्वकप सिजन लक्षित आकर्षक अफर घोषणा

सामसङ नेपालद्वारा T20 विश्वकप सिजन लक्षित आकर्षक अफर घोषणा
विज्ञापन
Advertisement

काठमाडौं । सामसङ नेपालले T20 विश्वकप सिजनलाई लक्षित गर्दै आफ्ना अत्याधुनिक AI टिभीहरूमा विशेष छुट र एक्सचेन्ज बोनस योजना सार्वजनिक गरेको छ। विश्वव्यापी रूपमा नम्बर १ टिभी ब्रान्ड सामसङले यस अफरमार्फत ग्राहकहरूलाई घरमै बसेर खेलको रोमाञ्चक अनुभव लिन अवसर प्रदान गर्ने उद्देश्य राखेको जनाएको छ।

विज्ञापन
Advertisement
Advertisement

यस योजनाअन्तर्गत प्रिमियम QLED देखि HD मोडेलसम्मका टिभीहरूमा अधिकतम २१ प्रतिशतसम्म क्यासब्याक र रु ७,००० सम्मको एक्सचेन्ज बोनस उपलब्ध गराइएको छ। सामसङका ८५ इन्चसम्मका ठूला स्क्रिन, 4K AI Upscaling प्रविधि र Adaptive Sound फिचरका कारण हरेक खेल अझ स्पष्ट, जीवन्त र रोमाञ्चक देखिने कम्पनीको दाबी छ। साथै, Samsung Knox Security प्रविधिले स्मार्ट कनेक्टिभिटीलाई सुरक्षित र भरपर्दो बनाउनेछ।

मनोरञ्जनको अनुभवलाई थप समृद्ध बनाउन सामसङले २०२१ देखि २०२५ सम्म उत्पादन भएका टिभी खरिद गर्ने ग्राहकहरूलाई रु ३,००० सम्मको निःशुल्क NETTV प्याकेज पनि उपलब्ध गराउँदैछ। QLED र UHD मोडेल खरिद गर्दा १२ महिनाको निःशुल्क NETTV सब्स्क्रिप्सन पाइनेछ भने FHD र HD मोडेलमा ६ महिनाको निःशुल्क सब्स्क्रिप्सन उपलब्ध हुनेछ।

सामसङ टिभीमा NETTV एप सक्रिय गर्न ग्राहकहरूले Samsung Account मा साइन इन वा साइन अप गरी Samsung Store बाट NETTV एप इन्स्टल गर्नुपर्नेछ। त्यसपछि टिभी खरिद गर्दा प्राप्त प्रमाणहरू पेश गरी एपमा लगइन गरेपछि निःशुल्क मनोरञ्जनको आनन्द लिन सकिनेछ।

ग्राहकलाई थप भरोसा दिलाउन सामसङले T, A, B, C, D र F Series का टिभीहरूमा उत्पादनसम्बन्धी त्रुटि कभर हुने ३ वर्षको व्यापक वारेन्टी पनि प्रदान गरेको छ।

अफर विवरणअनुसार QLED (५५–८५ इन्च) मा १२ महिनाको NETTV प्याकेजसहित १९ प्रतिशतसम्म छुट र रु ७,००० सम्मको एक्सचेन्ज बोनस उपलब्ध छ। UHD (४३–६५ इन्च) मा १२ महिनाको NETTV, १० प्रतिशतसम्म छुट र रु ४,००० सम्मको एक्सचेन्ज बोनस दिइएको छ। FHD (UA43F5550FUXXL मोडेल) र HD (UA32H4570FUXXL तथा UA32H4520FUXXL मोडेल) मा क्रमशः ६ महिनाको NETTV प्याकेज र ७ प्रतिशतदेखि २१ प्रतिशतसम्म छुट उपलब्ध छ।

यसका साथै, हुलास फिनसर्भ हायर पर्चेज लिमिटेडद्वारा सञ्चालित सामसङ इन्स्टाफाइनान्स सेवामार्फत ग्राहकहरूले ० प्रतिशत ब्याजदरमा सजिलो ईएमआई सुविधासहित सामसङ टिभी तथा होम अप्लायन्स खरिद गर्न सक्नेछन्। यसका लागि केवल नागरिकता प्रमाणपत्र आवश्यक पर्ने कम्पनीले जनाएको छ। पुराना टिभी वा होम अप्लायन्स साटेर नयाँमा अपग्रेड गर्न चाहने ग्राहकहरूले आर्कोस्टोर तथा नेपालभरका अधिकृत सामसङ रिटेल स्टोरमार्फत एक्सचेन्ज सुविधा पनि लिन सक्नेछन्।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit