Advertisement
Advertisement
Corporate Samachar
७ भाद्र २०८३, आईतवार
Advertisement
Advertisement

‘जापान ज्वेलरी फेयर’ मा सहभागी हुन् महासंघको ३४ सदस्यीय प्रतिनिधिमण्डल जापान प्रस्थान

‘जापान ज्वेलरी फेयर’ मा सहभागी हुन् महासंघको ३४ सदस्यीय प्रतिनिधिमण्डल जापान प्रस्थान
विज्ञापन
Advertisement

काठमाडौं । नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघका अध्यक्ष किसान सुनारको नेतृत्वमा ३४ सदस्यीय प्रतिनिधिमण्डल जापान प्रस्थान गरेको छ ।

विज्ञापन
Advertisement
Advertisement

जापानको इन्फोर्मा मार्केट्स जापान कम्पनी लिमिटेड तथा जापान ज्वेलरी एसोसिएसनको संयुक्त आयोजनामा टोकियोमा भदौ १० देखि १२ गतेसम्म आयोजना हुने ‘जापान ज्वेलरी फेयर २०२६’ मा सहभागिता तथा अवलोकनका लागि महासंघको टोली जापान गएको हो ।

भ्रमणका क्रममा महासंघको प्रतिनिधिमण्डलले जापान ज्वेलरी एसोसिएसन तथा इन्फोर्मा मार्केट्स जापानका पदाधिकारीसँग भेटघाट तथा छलफल गर्नेछ । छलफलमा नेपाल र जापानका रत्न तथा आभूषण उद्योगबीच आपसी सहयोग, ज्ञान तथा प्रविधि आदान–प्रदान र व्यावसायिक सहकार्यका विषयमा केन्द्रित हुने महासंघले जनाएको छ । नेपाली गरगहना उद्योगको स्तरोन्नति तथा अन्तर्राष्ट्रियकरणका लागि जापानका सम्बन्धित संस्थासँग सहकार्य गर्ने महासंघको योजना छ । उच्च प्रविधि तथा प्राविधिक ज्ञान हस्तान्तरण, व्यापार तथा लगानी प्रवद्र्धन, बजार पहुँच विस्तार, व्यावसायिक अवसर सिर्जना तथा सीप विकास र प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने विषयमा समेत छलफल हुनेछ ।

त्यस्तै, रत्न तथा आभूषण उद्योगको दिगो विकास र अन्तर्राष्ट्रिय प्रवद्र्धनका लागि संयुक्त प्रदर्शनी, कार्यक्रम तथा परियोजना सञ्चालन गर्ने विषयमा पनि सहकार्य गरिने महासंघले जनाएको छ । भ्रमणका क्रममा नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघ र जापान ज्वेलरी एसोसिएसनबीच आपसी सहयोग तथा सहकार्यसम्बन्धी समझदारीपत्र (एमओयू) मा हस्ताक्षर गर्ने कार्यक्रमसमेत रहेको छ । उक्त समझदारीले दुवै देशका रत्न तथा आभूषण उद्योगबीच ज्ञान, प्रविधि, सीप, व्यापार, लगानी तथा व्यावसायिक अवसरको आदान–प्रदानलाई संस्थागत बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

प्रतिनिधिमण्डलले जापानस्थित नेपाली राजदूतावासका कार्यवाहक राजदूत हरिहर कान्त पौडेल तथा गैरआवासीय नेपाली संघ (एनआरएनए)जापानका अध्यक्ष सुवास लामिछानेसहित अन्य पदाधिकारीसँग पनि भेटघाट गर्ने कार्यक्रम रहेको महासंघले जनाएको छ । प्रतिनिधिमण्डलमा महासंघका सचिव केशर बहादुर विश्वकर्मा, कार्यसमिति सदस्यहरू सूर्य बराल र दाना हमाल, कार्यालय प्रमुख राम महर्जन तथा महासंघमा आबद्ध सदस्य संस्थाहरूबाट प्रतिनिधित्व गर्ने व्यवसायीहरू इच्छा हर्ष बज्राचार्य, कमला विश्वकर्मा, राधा गुरुङ बराल, सन्देश हमाल, जोखिम तामाङ, प्रलाद मल्ल, हिरा लाल वि.क., विष्णु सुनार, दिनेश बाबु विश्वकर्मा सहभागी छन् ।

यसैगरी, लक्ष्मी घतानी, सालिक राम रसाइली, शिव कुमार विश्वकर्मा, प्रेम बहादुर सुनार, बुद्धि सागर गर्ताैला, धन बहादुर बराईली, लक्ष्मी गहतराज, रमेश सुनार, कुमार सुनेल, रुपेश विश्वकर्मा, जयराम खाती, देवेन्द्र शंकर, पूजा थापा, श्याम ल्वागुन सुनार, अनिषा सुनार, भरत वि.क., दिपेन विश्वकर्मा, रुवी अग्रवाल, मनोज पोद्वार र अंकित खड्काथोकीलगायत सहभागी छन् ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit