Advertisement
Advertisement
Corporate Samachar
८ भाद्र २०८३, सोमबार
Advertisement
Advertisement

सानिमा ग्रोथ फण्डका इकाईधनीलाई ५ प्रतिशत प्रतिफल, भदौ १८ गते बुकक्लोज

सानिमा ग्रोथ फण्डका इकाईधनीलाई ५ प्रतिशत प्रतिफल, भदौ १८ गते बुकक्लोज
विज्ञापन
Advertisement

काठमाडौं । सानिमा ग्रोथ फण्डले इकाईधनीलाई ५ प्रतिशत नगद प्रतिफल वितरण गर्ने घोषणा गरेको छ ।

विज्ञापन
Advertisement
Advertisement

सानिमा बैंक लिमिटेड कोष प्रवर्द्धक तथा सानिमा क्यापिटल लिमिटेड योजना व्यवस्थापक रहेको सानिमा म्युचुअल फण्डअन्तर्गत सञ्चालित फण्डले गत आर्थिक वर्षका लागि इकाईधनीलाई करसहित ५ प्रतिशतका दरले नगद प्रतिफल वितरण गर्ने निर्णय गरेको हो । सानिमा क्यापिटलको भदौ ५ गते बसेको सञ्चालक समितिको बैठकले उक्त दरमा प्रतिफल वितरण गर्ने निर्णय गरेको हो ।

प्रतिफल वितरण प्रयोजनका लागि फण्डले भदौ १८ गते एक दिन बुकक्लोज गर्ने भएको छ। यसअनुसार भदौ १७ गतेसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कारोबार भई कायम रहेका इकाईधनीले प्रस्तावित प्रतिफल प्राप्त गर्नेछन् । सानिमा ग्रोथ फण्ड बन्दमुखी प्रकृतिको योजना हो । फण्डको कुल आकार ६७ करोड २५ लाख ३२ हजार ६ सय रुपैयाँ रहेको छ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit