Advertisement
Advertisement
Corporate Samachar
२९ असार २०८३, सोमबार
Advertisement

नेपाल बैंकका ग्राहकले नेशनल प्याथ ल्याब रिसर्च सेन्टरबाट १० देखि ५० प्रतिशतसम्म सेवा छुट पाउने

नेपाल बैंकका ग्राहकले नेशनल प्याथ ल्याब रिसर्च सेन्टरबाट १० देखि ५० प्रतिशतसम्म सेवा छुट पाउने
विज्ञापन
Advertisement

काठमाडौं । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेड र नेशनल प्याथ ल्याब रिसर्च सेन्टर बीच सेवा छुट सम्बन्धमा सम्झौता भएको छ ।

विज्ञापन
Advertisement
Advertisement

बैंकमा कार्यरत कर्मचारीहरु र ग्राहकहरूका लागि नेशनल प्याथ ल्याब रिसर्च सेन्टर प्रा. लि का विभिन्न स्थानहरुमा रहेका प्याथ ल्याब क्लिनिकहरुमा उपचार गर्दा लाग्ने शुल्कमा विशेष छुट प्रदान गर्ने गरी सम्झौता भएको हो ।

सम्झौताअनुसार बैंकका कर्मचारीसँगै खातावालले प्याथोलोजि ल्याबबाट सेवा लिँदा निःशुल्क होम डेलिभरीको सुविधा सहित विभिन्न हेल्थ प्याकेजमा लाग्ने शुल्कमा १० प्रतिशत देखि ५० प्रतिशत भन्दा माथि छुट पाउने छन् ।

सम्झौता पत्रमा पुस १४ गते बैकको तर्फबाट बजारीकरण तथा अनुसन्धान डिभिजनका प्रमुख निर्मल सुवेदी र नेशनल प्याथ ल्याब रिसर्च सेन्टरका प्रबन्ध निर्देशक पवन जोशीले हस्ताक्षर गरेका हुन् ।

बैंकमा कार्यरत कर्मचारीहरु र बैंकमा खाता रहेका ग्राहकहरुले नेशनल प्याथ ल्याब रिसर्च सेन्टरको नक्साल, महाराजगंज, ललितपुर, रुपन्देही, भैरहवा, पोखरा, चितवन, तुल्सीपुर, घोराही, धनगढी, गुल्मी, अर्घखाँची र महेन्द्रनगरस्थित ल्याबहरुबाट समेत उच्च स्तरीय उपचार सेवा पाउने बैंकले जनाएको छ ।

 

 

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit