Advertisement
Advertisement
Corporate Samachar
९ असार २०८३, मंगलवार
Advertisement

देशभर पश्चिमी वायूको प्रभाव कायमै, केही ठाउँमा आंशिक बदली रहने

देशभर पश्चिमी वायूको प्रभाव कायमै, केही ठाउँमा आंशिक बदली रहने
विज्ञापन
Advertisement

काठमाडौं । आज देशका उच्च पहाडी तथा हिमाली भू–भागमा साधारण बदली रही बाँकी पहाडी भू–भागमा आंशिक बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

विज्ञापन
Advertisement
Advertisement

महाशाखाका अनुसार कोशी, बागमती, गण्डकी र कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ । तराई भू–भागका धेरै स्थानहरूमा हुस्सु÷कुहिरो रहने जनाइएको छ ।

त्यसैगरी आज राती कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने महाशाखाको बुलेटिनमा उल्लेख छ । कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ ।

देशभर पश्चिमी वायूको प्रभाव भने कायमै रहेको महाशाखाले जनाएको छ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit