Advertisement
Advertisement
Corporate Samachar
१० भाद्र २०८३, बुधबार
Advertisement
Advertisement

नेपाली सेना र निजी हेलिकप्टरबाट ११४ बाढी प्रभावितको हवाई उद्धार

नेपाली सेना र निजी हेलिकप्टरबाट ११४ बाढी प्रभावितको हवाई उद्धार
विज्ञापन
Advertisement

काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान आएको भीषण बाढीपछि नेपाली सेना र निजी क्षेत्रका हेलिकप्टरमार्फत ११४ जना बाढी प्रभावितको हवाई उद्धार गरिएको छ।

विज्ञापन
Advertisement
Advertisement

नेपाल प्रहरीका अनुसार नेपाली सेनाले विभिन्न उडानमार्फत ८५ जना र निजी क्षेत्रका विभिन्न हेलिकप्टर कम्पनीले २९ जनाको उद्धार गरेका छन्। नेपाली सेनाले टिमुरे–धुन्चेबाट ६० जना, टिमुरे–त्रिशूलीबाट १३, मैलुङबाट पाँच, बेत्रावतीबाट चार तथा त्रिशूलीबाट काठमाडौं तीन जनाको उद्धार भएको छ।

निजी क्षेत्रतर्फ कैलाश हेलिकप्टरले रसुवाबाट पाँच जनालाई टिचिङ अस्पताल, सिम्रिकले रसुवाबाट तीन जनालाई, अन्नपूर्ण हेलिले रसुवाबाट टिचिङ अस्पताल चार जनालाई उद्धार गरेको छ। त्यस्तै प्रभु हेलिकप्टरले रसुवाबाट टिचिङ अस्पताल पाँच, सिम्रिकले दुई, फिसटेलले पाँच, एभरेष्टले दुई तथा प्रभु हेलिले रसुवाबाट वीर अस्पताल तीन जनालाई उद्धार गरेका छन्।

बाढी प्रभावित क्षेत्रमा थप उद्धार तथा राहत कार्य जारी रहेको प्रहरीले जनाएको छ।

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit