Advertisement
Advertisement
Corporate Samachar
२२ भाद्र २०८३, सोमबार
Advertisement

नेप्से परिसूचक १५.४४ अंकले बढ्दा हाइड्रोपावर सूचकमा सुधार

नेप्से परिसूचक १५.४४ अंकले बढ्दा हाइड्रोपावर सूचकमा सुधार
विज्ञापन
Advertisement

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक दोस्रो कारोबार दिन पनि बढेर बन्द भएको छ । बुधबार नेप्से परिसूचक १५.४४ अंकले बढेर २ हजार ५३८.११ विन्दुमा पुगेको हो ।

विज्ञापन
Advertisement
Advertisement

बजार बढेसँगै कारोबार रकममा पनि सामान्य सुधार देखिएको छ । मंगलबार २ अर्ब ९० करोड रुपैयाँ बराबरको कारोबार भएकोमा बुधबार २ अर्ब ९४ करोड २७ लाख ८१ हजार रुपैयाँ बराबरको शेयर किनबेच भएको छ। यस दिन ३५४ कम्पनीका ७२ लाख ६८ हजार कित्ता शेयर ३९ हजार ६७३ पटक कारोबार भएका छन् ।

बुधबार कारोबारमा आएका १३ उपसमूहमध्ये ११ वटा उपसमूहको सूचक बढेको छ भने दुईवटा घटेका छन् । जलविद्युत उपसमूह सबैभन्दा धेरै ०.९५ प्रतिशतले बढेको छ । म्युचुअल फन्ड र निर्जीवन बीमा उपसमूह भने सामान्य घटेका छन् । भदौ १० गते रसुवा र नुवाकोटमा आएको विनाशकारी बाढीबाट दर्जनभन्दा बढी जलविद्युत आयोजनामा क्षति पुगेपछि पछिल्ला कारोबारमा हाइड्रोपावर समूह दबाबमा परेको थियो। बुधबार भने हाइड्रोपावर सूचकमा सुधार देखिएको छ। बाढीबाट प्रभावित माथिल्लो मैलुङ खोला जलविद्युत आयोजनाको शेयर मूल्यसमेत १०.२३ प्रतिशतले बढेको छ ।

यस दिन उपकार लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य सबैभन्दा धेरै ११.८७ प्रतिशतले बढ्दा माथिल्लो मैलुङ खोला जलविद्युत र आत्मनिर्भर लघुवित्तको शेयर मूल्य पनि १० प्रतिशतभन्दा बढीले उकालो लागेका छन्। यसैगरी, एनएमबी इनर्जी बन्ड ४ प्रतिशत २०९३/९४ को मूल्य भने सबैभन्दा धेरै ५.८१ प्रतिशतले घटेको छ । कारोबार रकमका आधारमा सानिमा मिडिल तमोर हाइड्रोपावर शीर्ष स्थानमा रहँदै १४ करोड १७ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।

एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्टको १२ करोड ६४ लाख रुपैयाँ र सोलु हाइड्रोपावरको १२ करोड रुपैयाँभन्दा बढीको खरिदबिक्री भएको छ । बुधबार १९३ कम्पनीको शेयर मूल्य बढेको छ भने ७५ कम्पनीको घट्दा १० कम्पनीको शेयर मूल्य अघिल्लो कारोबार दिनको तुलनामा स्थिर रह्यो।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit