Advertisement
Advertisement
Corporate Samachar
८ जेष्ठ २०८३, शुक्रबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

ओरिएण्टल इन्स्योरेन्सद्वारा ‘Self Help Group for Cerebral Palsy’ लाई आर्थिक सहयोग

ओरिएण्टल इन्स्योरेन्सद्वारा ‘Self Help Group for Cerebral Palsy’ लाई आर्थिक सहयोग
विज्ञापन
Advertisement

काठमाडौं । ओरिएण्टल इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत ुक्भाि ज्भउि न्चयगउ ायच ऋभचभदचब िएबकिथु नामक परोपकारी संस्थालाई आर्थिक सहयोग प्रदान गरेको छ। मानसिक तथा शारीरिक रूपमा अशक्त बालबालिकाहरूको संरक्षण र शिक्षाका लागि समर्पित यो संस्थाले उनीहरूको उपचार, पुनःस्थापना, तथा शारीरिक अवस्थालाई सहज बनाउन महत्वपूर्ण भूमिका खेल्दै आएको छ।

विज्ञापन
Advertisement
Advertisement

यस सहयोग कार्यक्रम अन्तर्गत ओरिएण्टल इन्स्योरेन्स कम्पनीका नेपालस्थित प्रमुख कार्यकारी अधिकृत टी. चक्रवर्तीले संस्थालाई आर्थिक सहयोग हस्तान्तरण गरेका छन्। उक्त अवसरमा कम्पनीकी वरिष्ठ सामाजिक कार्य प्रमुख तथा अन्य कर्मचारीहरू समेत सहभागी रहेका थिए।

कम्पनीले सामाजिक उत्तरदायित्व वहन गर्दै भविष्यमा पनि यस्ता परोपकारी कार्यहरूमा निरन्तर योगदान दिने प्रतिबद्धता व्यक्त गरेको छ। संस्थाले प्राप्त सहयोगलाई शारीरिक अपांगता भएका बालबालिकाहरूको शिक्षादीक्षा तथा भौतिक पूर्वाधार निर्माणमा उपयोग गर्ने जनाएको छ।

ओरिएण्टल इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत चक्रवर्तीले संस्थाको प्रशंसनीय कार्यको प्रशंसा गर्दै आगामी दिनमा पनि निरन्तर सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्। उनका अनुसार बालबालिकाहरूको सरल जीवनयापनका लागि आवश्यक स्रोत र सुविधाहरू जुटाउन कम्पनीले सक्दो प्रयास गर्नेछ। यो आर्थिक सहयोगले अपांगता भएका बालबालिकाहरूलाई थप सहज जीवन बिताउन सहयोग पुर्‍याउने विश्वास गरिएको छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit