images images images
images images images
images
images
images

सेयर बजारमा गिरावट कायमै, १० अर्बको कारोबार

images

काठमाडौं ।  साताको अन्तिम दिन आज पनि धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचक घट्ने क्रमले निरन्तरता पाएको छ । सोबारदेखि घट्दै आएको नेप्से परिसूचक आज २.२७ अंकले घटेर २८१८.४३ विन्दुमा बन्द भएको छ ।

आज १० अर्ब १० करोड रुपैयाँको सेयर खरिद–बिक्री भएको नेप्सेले जनाएको छ । बुधबार १० अर्ब ९७ करोड रुपैयाँको सेयर खरिद–बिक्री भएको थियो । ९९ कम्पनीको सेयर मूल्य बढ्दा आज १३२ कम्पनीको मूल्य घटेको छ ।

images
images

बैंकिङ, विकास बैंक, उत्पादन तथा प्रशोधन र माइक्रोफाइनान्स समूहबाहेक सबै समूह राताम्मे बन्दा गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको सेयर मूल्य बढेको छ । आज कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेर एक हजार ६७२ रुपैयाँ २० पैसा कायम भएको छ । यस्तै, भूगोल इनर्जी डेभलपमेन्ट कम्पनीको सेयर मूल्य पनि १० प्रतिशतले वृद्धि भएको छ ।

आज कारोबारमा आएका १३ समूहमध्ये चार समूहको परिसूचक बढ्दा अरू समूहको परिसूचक घटेको छ ।

 

images
images

प्रतिक्रिया दिनुहोस्