Advertisement
Advertisement
Corporate Samachar
६ असार २०८३, शनिबार
Advertisement

३९ अंकले बढ्दा २६ सय विन्दुमै फर्कियो नेप्से, सबै सूचकमा हरियाली

३९ अंकले बढ्दा २६ सय विन्दुमै फर्कियो नेप्से, सबै सूचकमा हरियाली
विज्ञापन
Advertisement

 काठमाडाैं । अघिल्लो दिन भारी अंकले घटेको नेप्से परिसूचक यो दिन उच्च अंकले बढेको छ । नेप्से सूचक ३९.१३ अंकले बढेर २ हजार ६२१.८६ विन्दुमा फर्किएको हो । २ हजार ५ सयको विन्दुमा झरेको थियो। कारोबारमा आएका सबै उपसूचकहरु यो दिन बढेका छन् ।

विज्ञापन
Advertisement
Advertisement

निरन्तर घटेको वाणिज्य बैंक समूहको सूचक१.२० प्रतिशतले घटेको छ । लाइफ इन्स्योरेन्सको २.१४ प्रतिशतले बढ्दा अन्य सूच्क २.२८ प्रतिशतले बढेको हो ।
धितोपत्र र ऋण्पत्रगरी यो दिन ३१७ कम्पनीको ९१ करोड ९२ लाख कित्ता शेयर किनबेचहुँदा ४ अर्ब २० करोड रुपैयाँको कारोबार भएको छ ।

अघिल्लो दिन उच्च अंकले घटेको जलविद्युत कम्पनीको शेयर यो दिन उलेख्य कम्पनी बढेका छन् । सर्वाधिक बढ्ने कम्पनीमा राप्ति हाइड्रो पावर, बुद्द भूमी नेपाल हाइड्रो पावर, युनाइटेड इदीमर्दी आरबी हाइड्रो पावर, मनकामना इनर्जिङ हाइड्रो पावर कम्पनीको ५.०५ प्रतिशतदेखि ५.७४ प्रतिशतले बढेको छ ।

घटेको बजारमा उपकार लघुवित्त वित्तीय संस्था र नारायणी विकास बैंकले ५.११ प्रतिशतदेखि ७.२७ प्रतिशतले घटेको छ । यो दिन सर्वाधिक कारोबार हुने कम्पनीमा हिमालयन रिइन्स्योरेन्स कम्पनीको ४१ करोड ८६ लाख रुपैयाँको कारोबार भएको छ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit