Advertisement
Advertisement
Corporate Samachar
२२ भाद्र २०८३, सोमबार
Advertisement

बाढीपीडितका लागि ईयूको थप ८.९० करोड बराबरको मानवीय सहायता, कहाँ–कहाँ पुग्दैछ राहत ?

बाढीपीडितका लागि ईयूको थप ८.९० करोड बराबरको मानवीय सहायता, कहाँ–कहाँ पुग्दैछ राहत ?
विज्ञापन
Advertisement

काठमाडौं। युरोपेली युनियन (ईयू) ले नेपालका बाढी प्रभावित समुदायका लागि थप ८ करोड ९० लाख रुपैयाँबराबरको मानवीय सहायता उपलब्ध गराउने भएको छ। यससँगै हालैको बाढी तथा विपद् व्यवस्थापनका लागि ईयूको कुल आपत्कालीन सहयोग ४४ करोड ५० लाख रुपैयाँभन्दा बढी पुगेको छ ।

विज्ञापन
Advertisement
Advertisement

ईयूका अनुसार नयाँ सहायता रकम नेपाल रेडक्रस सोसाइटीको नेतृत्वमा सञ्चालन हुने इन्टरनेसनल फेडरेसन अफ रेडक्रस एन्ड रेड क्रिसेन्ट सोसाइटिज (आईएफआरसी)को डिजास्टर रेस्पोन्स इमर्जेन्सी फन्ड (डीआरईएफ)मार्फत परिचालन गरिनेछ । उक्त सहयोगबाट बागमती प्रदेशका करिब ४ हजार घरधुरीका २० हजार मानिसलाई प्रत्यक्ष राहत पुर्‍याउने लक्ष्य राखिएको छ। सहायता रकम आपत्कालीन तथा अस्थायी आवास, नगद सहयोग, खानेपानी तथा सरसफाइ, स्वास्थ्य सेवा, मानसिक स्वास्थ्य तथा मनोसामाजिक परामर्श र संरक्षणलगायतका क्षेत्रमा खर्च गरिनेछ ।

गत भदौ १० गते भोटेकोशी नदी प्रणालीमा आएको विनाशकारी बाढीका कारण ठूलो जनधनको क्षति हुनुका साथै घर, पूर्वाधार र अत्यावश्यक सेवामा व्यापक क्षति पुगेको थियो। बाढी प्रभावित क्षेत्रमा उद्धार तथा राहत कार्यलाई थप प्रभावकारी बनाउन ईयूले विभिन्न माध्यमबाट सहयोग गर्दै आएको जनाएको छ । ईयूको ‘कोपरनिकस’ भूउपग्रह सेवाले बाढी आएको अगस्ट २६ देखि नै प्रभावित क्षेत्रको नक्सांकन उपलब्ध गराउँदै आएको जनाएको छ। यसबाट उद्धार तथा राहत कार्यमा संलग्न निकायलाई प्रभावित क्षेत्र पहिचान र योजना बनाउन सहयोग पुगेको ईयूको भनाइ छ ।

यसैगरी, ईयू सिभिल प्रोटेक्सन मेकानिजमअन्तर्गत जर्मनी, लक्जम्बर्ग, लात्भिया र स्विडेनले नेपालका लागि आश्रय सामग्री, सरसफाइका सामान तथा फोरेन्सिक उपकरण पठाइरहेका छन् । ईयूले काठमाडौंका लागि ‘ह्युम्यानिटेरियन एयर ब्रिज’ समेत सञ्चालन गर्ने तयारी गरेको छ। कोपेनहेगेनस्थित ईयूको आपत्कालीन भण्डारबाट ८० टनभन्दा बढी राहत सामग्री बोकेको विमान यसै साताको उत्तरार्धमा काठमाडौं आइपुग्ने तालिका रहेको ईयू प्रतिनिधिमण्डलले जनाएको छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit