Advertisement
Advertisement
Corporate Samachar
२२ भाद्र २०८३, सोमबार
Advertisement

रिलायबल नेपाल लाइफद्वारा बाढीपीडितलाई ५१ लाख सहयोग

रिलायबल नेपाल लाइफद्वारा बाढीपीडितलाई ५१ लाख सहयोग
विज्ञापन
Advertisement

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले भोटेकोशी तथा त्रिशूली नदीमा आएको बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनाका लागि ५१ लाख रुपैयाँ आर्थिक सहायता प्रदान गरेको छ।

विज्ञापन
Advertisement
Advertisement

कम्पनीले आफ्नो ९औँ वार्षिकोत्सवका अवसरमा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमार्फत उक्त रकम उपलब्ध गराएको जनाएको छ। कम्पनीका प्रमुख कार्यकारी अधिकृत नारायणबाबु लोहनी र नायव प्रमुख कार्यकारी अधिकृत दिपेशबाबु तिवारीले अर्थमन्त्री डा। स्वर्णिम वाग्लेलाई ५१ लाख रुपैयाँको चेक हस्तान्तरण गरेका हुन् ।

कम्पनीले विपद्का कारण ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गर्दै घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ। साथै, प्रभावित समुदायको पुनःस्थापना र सामान्य जनजीवनमा फर्काउन सहयोग गर्ने प्रतिबद्धता जनाएको छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit