Advertisement
Advertisement
Corporate Samachar
८ मंसिर २०८३, मंगलवार
Advertisement
Advertisement

सुनसरी घटनापछि पूर्वराजा ज्ञानेन्द्रको सद्भाव सन्देश, नेपालीबीच एकता र संयम अपनाउन आग्रह

सुनसरी घटनापछि पूर्वराजा ज्ञानेन्द्रको सद्भाव सन्देश, नेपालीबीच एकता र संयम अपनाउन आग्रह
विज्ञापन
Advertisement

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र वीर विक्रम शाहले नेपालीबीच आपसी सद्भाव, सहिष्णुता र एकता कायम राख्न आग्रह गरेका छन्। सुनसरीमा हालै भएको साम्प्रदायिक विवाद र त्यसको प्रभावप्रति चिन्ता व्यक्त गर्दै उनले सबै नेपालीलाई संयम अपनाउन आह्वान गरेका हुन्।

विज्ञापन
Advertisement
Advertisement

श्रावण १४ गते जारी सद्भाव सन्देशमा उनले नेपाल बहुजातीय, बहुभाषिक तथा बहुधार्मिक मुलुक भएकाले यही विविधता नै नेपालको पहिचान र गौरव भएको उल्लेख गरेका छन्। उनले कुनै पनि घटनाले सामाजिक, धार्मिक तथा सांस्कृतिक सद्भावमा खलल पुग्न नहुने बताएका छन्।

पूर्वराजा ज्ञानेन्द्रले सुनसरीमा भएको घटनाबाट जनधनको क्षति हुनुका साथै कोशी क्षेत्र र तराईका विभिन्न स्थानमा जनजीवन प्रभावित भएकोप्रति दुःख व्यक्त गरेका छन्। यस्ता घटनाले नेपालको मौलिक मूल्य र सामाजिक सद्भाव कमजोर बनाउने भन्दै देशभरका नेपालीलाई आपसी भाइचारा र एकता कायम राख्न आग्रह गरेका छन्।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement

Powered By: Nectar Digit