Advertisement
Advertisement
Corporate Samachar
१४ असार २०८३, आईतवार
Advertisement

महँगी ३.३९ प्रतिशतमा झर्यो, उपत्यकामा २.९५ प्रतिशत

महँगी ३.३९ प्रतिशतमा झर्यो, उपत्यकामा २.९५ प्रतिशत
विज्ञापन
Advertisement

काठमाडौं । चालु आर्थिक वर्ष ०८१/ ८२ को चैतमा उपभोक्ता मुद्रास्फीति (महँगी) ३.३९ प्रतिशतमा सीमित रहेको छ । नेपाल राष्ट्र बैंकका अनुसार, ०८० चैत महिनामा महँगी ४.६१ प्रतिशत थियो ।

विज्ञापन
Advertisement
Advertisement

समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको महँगी २.४५ प्रतिशतले बढ्दा गैरखाद्य तथा सेवा समूहको महँगी ३.९० प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ ।

खाद्य तथा पेय पदार्थ समूहअन्तर्गत घ्यू तथा तेल उपसमूहको उपभोक्ता मूल्य सूचकांक ११.६३ प्रतिशत, फलफूलको ९.०७ प्रतिशत रहेको छ । यस्तै, दाल तथा गेडागुडीको ६.५८ प्रतिशतले बढेको राष्ट्र बैंकको प्रतिवेदनमा उल्लेख छ ।

चैतमा काठमाडौं उपत्यकाको वार्षिक विन्दुगत महँगी २.९५ प्रतिशत पुग्दा तराईको ३.३१ प्रतिशत, पहाडको ३.४६ प्रतिशत र हिमालको ४.४७ प्रतिशत रहेको प्रतिवेदनमा उल्लेख छ ।

राष्ट्र बैंकले महँगीलाई ५ प्रतिशतको हाराहारीमा रहने प्रक्षेपण गरेको थियो ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit