काठमाडौं । एनएमबि क्यापिटल लिमिटेडले भोटेकोशी–त्रिशुली नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १५ लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ।
कम्पनीले बिहीबार विपद्बाट प्रभावित नागरिकलाई राहत तथा पुनःस्थापनामा सहयोग पुगोस् भन्ने उद्देश्यले उक्त रकम कोषमा जम्मा गरेको जनाएको छ। यसैगरी, एनएमबि क्यापिटलमा कार्यरत कर्मचारीहरूले समेत छुट्टै रकम संकलन गरी विभिन्न राहत सामग्री खरिद गरेका छन्। कर्मचारीहरूले संकलन गरेको रकमबाट व्यवस्थापन गरिएको राहत सामग्री नेपाल सरकारको स्वास्थ्य सेवा विभाग, व्यवस्थापन महाशाखा, टेकुमा बुझाइएको कम्पनीले जनाएको छ।
भोटेकोशी–त्रिशुली नदीमा आएको बाढीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै एनएमबि क्यापिटलले विपद्मा ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली अर्पण गरेको छ। कम्पनीले शोकसन्तप्त परिवारजनप्रति समवेदना व्यक्त गर्दै बेपत्ताहरूको शीघ्र सकुशल उद्धार तथा घाइतेहरूको द्रुत स्वास्थ्य लाभको कामना पनि गरेको छ।















प्रतिक्रिया दिनुहोस्