काठमाडौं। बंगलादेश सरकारले नेपालमा आएको विनाशकारी बाढी तथा पहिरोबाट प्रभावित नागरिकको राहत, पुनःस्थापना तथा मानवीय सहयोगका लागि १० लाख अमेरिकी डलर (करिब १५ करोड २० लाख रुपैयाँ) सहयोग गरेको छ।
बंगलादेशका प्रधानमन्त्री तारिक रहमान नेतृत्वको सरकारले उक्त रकम नेपाल सरकारको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा योगदान गरेको हो। बंगलादेशका विदेश राज्यमन्त्री हुमायुन कबिरले बिहीबार नेपालका लागि बंगलादेशका राजदूत घनश्याम भण्डारीलाई प्रधानमन्त्री रहमानले प्रधानमन्त्री वालेन्द्र शाहलाई पठाएको पत्र हस्तान्तरण गर्दै सहयोगको जानकारी दिएका हुन्।
नेपालमा भएको विपद्प्रति बंगलादेशले यसअघि पनि ऐक्यबद्धता जनाउँदै आएको थियो। बंगलादेशको राष्ट्रिय संसद्ले समेत नेपालमा भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै आवश्यक सहयोग उपलब्ध गराउन सरकारलाई आग्रह गरेको थियो। बंगलादेशको आर्थिक सहयोगले बाढी तथा पहिरो प्रभावितको राहत, उद्धार र पुनःस्थापनामा थप सहयोग पुग्ने अपेक्षा गरिएको छ।















प्रतिक्रिया दिनुहोस्