Advertisement
Advertisement
Corporate Samachar
११ असार २०८३, बिहीबार
Advertisement

भारत सरकारद्वारा नेपाललाई सहयोग स्वरुप सवारीसाधान हस्तान्तरण

भारत सरकारद्वारा नेपाललाई सहयोग स्वरुप सवारीसाधान हस्तान्तरण
गृह मन्त्रालयमा आज भारत सरकारद्वारा नेपाल सरकारलाई उपहारस्वरूप सवारीसाधन तथा अन्य सामग्री हस्तान्तरण समारोहमा गृहमन्त्री ओमप्रकाश अर्याल, प्रधानसेनापति अशोकराज सिग्देल र नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तव। तस्बिरः गोपाल दाहाल/रासस
विज्ञापन
Advertisement

काठमाडौं । भारत सरकारले आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सहयोग स्वरुप तेस्रो चरणमा २२३ वटा हस्तान्तरण गरेको छ ।

विज्ञापन
Advertisement
Advertisement

गृह मन्त्रालयमा आज आयोजित कार्यक्रममा गृहमन्त्री ओमप्रकाश अर्याललाई नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तवले प्रतिकात्मकरुपमा ती सवारी साधन हस्तान्तण गरे ।

यसअघि भारतले पहिलो चरणमा ६१ वटा र दोस्रो चरणमा २५४ वटा सवारी साधान सहयोग स्वरुप उपलब्ध गराइसकेको गृहमन्त्रालयका सहसचिव एवंम प्रवक्ता आनन्द काफ्ले जानकारी दिए । भारत सरकारले नेपाली सेनाका लागि पनि थप ५० वटा सवारीसाधान उपलब्ध गराएको छ । उक्त सवारी साधान राजदूत श्रीवास्तवले प्रधानसेनापति अशोकराज सिग्देलललाई हस्तान्तरण गरे ।

नेपाल प्रहरीलाई उपलब्ध गराउने कतिपय सामग्री प्राप्त भएको छ भने कतिपय प्राप्त हुने क्रममा रहेको प्रवक्ता काफ्लेले जानकारी दिए ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit