Advertisement
Advertisement
Corporate Samachar
६ असार २०८३, शनिबार
Advertisement

महानगर यातायातको अध्यक्षमा सन्तोष खतिवडा

महानगर यातायातको अध्यक्षमा सन्तोष खतिवडा
विज्ञापन
Advertisement

काठमाडौँ । महानगर यातायात प्रा.लि को अध्यक्षमा सन्तोष खतिवडा चयन भएका छन् । खतिबडा प्रालिको तेस्रो अधिवेशनबाट सर्वसम्मत अध्यक्ष पदमा चयन भएका हुन् ।

विज्ञापन
Advertisement
Advertisement

तेस्रो अधिवेशन तथा नवौँ साधारणसभाबाट खतिवडाको नेतृत्वमा निवर्तमान अध्यक्ष मधुसुदन उपाध्याय अधिकारी, व्यवसायी अच्युतप्रसाद अधिकारी, धर्मराज रिमाल, हरिप्रसाद रिमाल, केसव नेपाल र मीरा शर्मा सञ्चालक सदस्यमा चयन भएका छन्। नवनिर्वाचित अध्यक्ष खतिवडाले महानगर यातायातलाई चिरपरिचित ब्रान्ड बनाउन अहोरात्र खट्ने प्रतिबद्धता व्यक्त गर्दै कम्पनीलाई अझ मजबुत बनाउने बताएका छन्।
महानगर यातायात प्रालिलाई पब्लिक लिमिटेड कम्पनीमा रूपान्तरण गर्ने महत्वपूर्ण निर्णयसहित आफूलाई नेतृत्वको जिम्मेवारी सुम्पिएकोमा उनले सबैलाई धन्यवाद दिए ।
‘महानगर यातायातलाई सम्पूर्ण नेपालीको आफ्नै यातायात बनाउने अभियानको नेतृत्व गर्दा खुसीभन्दा बढी जिम्मेवारीको अनुभव गरिरहेको छु’ खतिवडाले भने।

महानगर यातायात निजी सार्वजनिक यातायातको कम्पनी हो, जसलाई नौ वर्षअघि व्यवसायीहरूले स्थापना गरेका थिए। हाल कम्पनीका ८९ वटा बस सञ्चालनमा रहेका छन्। काठमाडौँको चक्रपथ क्षेत्रमा सेवा दिँदै आएको यातायातले केही दिनअघि मात्रै थानकोट देखि धुलिखेलसम्म सेवा विस्तार गरेको थियो ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit