काठमाडौं । बर्जर पेन्ट्स नेपालले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५० लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ।
विपद्को कठिन परिस्थितिमा देश र जनताको साथमा उभिनु आफ्नो सामाजिक दायित्व भएको भन्दै कम्पनीले आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत उक्त रकम सहयोग गरेको जनाएको छ।प्राकृतिक विपत्तिबाट प्रभावित क्षेत्रमा राहत तथा पुनर्स्थापनाका लागि प्रदान गरिएको सहयोगले प्रभावित समुदायलाई आवश्यक सहयोग पुग्ने विश्वास कम्पनीले व्यक्त गरेको छ।
कम्पनीले देशलाई परेको कठिन परिस्थितिबाट छिट्टै उठ्न सबैको साझा प्रयास र सहयोग आवश्यक रहेको जनाएको छ। कम्पनीले समृद्ध नेपाल निर्माणको यात्रामा आफ्नो सामाजिक उत्तरदायित्वलाई निरन्तरता दिने प्रतिबद्धता पनि व्यक्त गरेको छ।















प्रतिक्रिया दिनुहोस्