Advertisement
Advertisement
Corporate Samachar
७ कार्तिक २०८३, शुक्रबार
Advertisement
Advertisement

खर्च नहुँदा मध्यरातमा सरकारी अस्पतालले नै गराएन उपचार, ३ घण्टासम्म पीडित बनेकी गर्भवतीले सडकमै जन्माइन शिशु 

खर्च नहुँदा मध्यरातमा सरकारी अस्पतालले नै गराएन उपचार, ३ घण्टासम्म पीडित बनेकी गर्भवतीले सडकमै जन्माइन शिशु 
विज्ञापन
Advertisement

काठमाडौं। सप्तरीको राजविराजस्थित गजेन्द्र नारायण सिंह अस्पतालको गेट अगाडि सडक पेटीमै एक महिलाले शिशुलाई जन्म दिएकी छन्।

विज्ञापन
Advertisement
Advertisement

३० वर्षीया बबिता कुमारी पासवान सुत्केरी व्यथाले च्यापेपछि बुधबार राति करिब १ बजे अस्पताल पुगेकी थिइन्। अस्पतालमा आवश्यक जाँचका लागि करिब ३ हजार रुपैयाँ लाग्ने बताइएपछि पैसा अभावमा पासवानलाई भर्ना गरिएन्। अस्पताल प्रशासनका अनुसार उनको परिवारलाई आमा सुरक्षा कार्यक्रममार्फत उपचारका लागि रकम उपलब्ध गराउन सकिने जानकारी दिइएको थियो। तर, परिवारले सुत्केरी व्यथाले छट्पटाइरहेकी पासवानलाई अस्पताल बाहिर गेट नजिकै राखेको प्रशासनले जनाएको छ।

बिहान करिब साढे ४बजेतिर अस्पतालको गेट नजिकै सडक पेटीमा वविताले शिशुलाई जन्म दिँदै गरेको भिडियो सार्वजनिक भएको छ। झन्डै चार मिनेट लामो उक्त भिडियोमा प्रसव पीडामा रहेकी वविता सडक पेटी अगाडी खाली भुँइमा छट्पटाइरहेकी देखिन्छिन्। त्यहाँ उनीसँगै एक पुरुष र दुई महिला देखिएका छन् भने एक महिलाले शिशुलाई निकाल्दै गरेको देखिन्छ। अन्य चार जना भने अस्पतालको गेट बाहिर देखिन्छन्। शिशुलाई जन्म दिएपछि सुत्केरी र शिशुलाई लिएर उनको परिवार पुःन अस्पताल फर्किएको भिडियोमा देखिन्छ।

सप्तरीका प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाले घटनाबारे छानबिन गर्न निर्देशन दिएका छन्।  सडकमै सुत्केरी भएको सीसीटीभी दृश्य सामाजिक सञ्जालमा सार्वजनिक भएपछि घटनाको आलोचना भइरहेको छ। घटना बुधबार राती (भदौ २४ ) को हो।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement

Powered By: Nectar Digit