Advertisement
Advertisement
Corporate Samachar
२३ कार्तिक २०८३, सोमबार
Advertisement
Advertisement

इसेवाको नयाँ सीईओमा निरज शर्मा नियुक्त

इसेवाको नयाँ सीईओमा निरज शर्मा नियुक्त
विज्ञापन
Advertisement

काठमाडौं । डिजिटल भुक्तानी सेवा प्रदायक इसेवा लिमिटेडले निरज शर्मालाई नयाँ प्रमुख कार्यकारी अधिकृत (सीईओ) नियुक्त गरेको छ । कम्पनीको सञ्चालक समितिले आजदेखि (असोज १२) लागू हुनेगरी शर्मालाई सीईओ नियुक्त गरेको हो ।

विज्ञापन
Advertisement
Advertisement

शर्मालाई चार वर्षका लागि सीईओ नियुक्त गरिएको कम्पनीले जनाएको छ । बैंकिङ तथा वित्तीय क्षेत्रमा २५ वर्षभन्दा बढी अनुभव हासिल गरेका शर्माले ट्रान्जेक्सन बैंकिङ, कार्ड प्रणाली, डिजिटल रूपान्तरण तथा खुद्रा बैंकिङलगायतका क्षेत्रमा काम गरिसकेका छन् । इसेवाका अनुसार शर्माको नेतृत्वमा डिजिटल भुक्तानी सेवा विस्तार, प्रविधिमा आधारित सेवा विकास तथा ग्राहक अनुभवलाई थप सुदृढ बनाउने लक्ष्य लिइएको छ ।

यसैबीच, इसेवाका निवर्तमान सीईओ जगदीश खड्काको चार वर्षे कार्यकाल पूरा भएको छ । खड्का २०७९ असोज १२ गते इसेवाको सीईओ नियुक्त भएका थिए । खड्काको नेतृत्वमा इसेवाले डिजिटल भुक्तानी सेवाको पहुँच र प्रयोगकर्ता आधार विस्तार गरेको कम्पनीले जनाएको छ । उनको कार्यकालमा इसेवाका प्रयोगकर्ता संख्या १ करोड ४० लाख तथा मर्चेन्ट संख्या ६ लाखभन्दा बढी पुगेका छन् ।

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement

Powered By: Nectar Digit