काठमाडौं। नक्कली भुटानी शरणार्थी प्रकरणमा दोषी ठहर भएका पूर्वउपप्रधानमन्त्री तथा नेकपा एमालेका नेता टोपबहादुर रायमाझी जेलमुक्त भएका छन्। उनी बिहीबार बिहान डिल्लीबजार कारागारबाट रिहा भएका हुन्।
६५ वर्ष उमेर पुगेका रायमाझीलाई ज्येष्ठ नागरिकसम्बन्धी ऐनअनुसार कैद सजायमा छुट दिने काठमाडौं जिल्ला अदालतको आदेशपछि रिहा गरिएको हो। गत असार ३० गते काठमाडौं जिल्ला अदालतले रायमाझीलाई ठगी, संगठित अपराध र राज्यविरुद्धको कसुरमा दोषी ठहर गर्दै कुल चार वर्ष कैद र ४० हजार रुपैयाँ जरिवाना सुनाएको थियो।
ज्येष्ठ नागरिकसम्बन्धी ऐन, २०६३ को दफा १२ अनुसार ६५ वर्ष पूरा भई ७० वर्ष ननाघेका ज्येष्ठ नागरिकले कैद सजायमा २५ प्रतिशतसम्म छुट पाउन सक्छन्। सोही व्यवस्थाअनुसार सजायमा छुट पाएपछि रायमाझी थुनामुक्त भएका हुन्। उनी २०८० वैशाख ३१ गतेदेखि कारागारमा थिए।















प्रतिक्रिया दिनुहोस्