images images images
images images images
images
images
images

हिमालयन एभरेस्ट इन्स्योरेन्सद्वारा पीडितलाई डेढ करोड बढी दाबी भुक्तानी

images

काठमाडौं । हिमालयन एभरेस्ट इन्स्योरेन्स लिमिटेडले जेनजी आन्दोलनका क्रममा क्षति पुगेका सम्पत्तिहरूको दाबी भुक्तानी प्रक्रिया अन्र्तगत झन्डै २ करोड रुपैयाँ भुक्तानी गरेको छ ।

गत भदौ २३ र २४ गते भौतिक सम्पत्तीमाथि भएको क्षतिबापत २४५ वटा दाबीबापत २१ करोड ७४ लाख ४५ हजार ८३१ रुपैयाँ भुक्तानी गरेको जनाएको छ । कम्पनीमा हालसम्म २८७ वटा दाबी परेको कम्पनीले जनाएको छ ।

images
images

कम्पनीका अनुसार यो रकम आन्दोलनका क्रममा क्षति पुगेका सम्पत्तिहरूको अग्रिम र अन्तिम दाबी भुक्तानी दुवै हो ।

हिमालयन एभरेस्टले परेको दाबी भुक्तानीलाई उच्च प्राथमिकता दिएको उल्लेख गर्दै मंगलबारदेखि पुनः बाँकी दाबी भुक्तानी प्रकृया सुरु गर्ने जनाएको छ । साथै, कम्पनीले बाँकी रहेका बीमितलाई आवश्यक कागजात पूरा गरी नजिकैको शाखा वा केन्द्रीय कार्यालयमा सम्पर्क गर्न आग्रह समेत गरेको छ ।

 

 

images
images

प्रतिक्रिया दिनुहोस्