Advertisement
Advertisement
Corporate Samachar
२३ असार २०८३, मंगलवार
Advertisement

नेपाल लाइफ जीवन बीमा उद्योगको मार्ग प्रदर्शकको रुपमा छ : सञ्चालक अग्रवाल

नेपाल लाइफ जीवन बीमा उद्योगको मार्ग प्रदर्शकको रुपमा छ : सञ्चालक अग्रवाल
विज्ञापन
Advertisement

काठमाडौँ । नेपालको सर्वाधिक विश्वासिलो जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्सकाे एक दिवसीय बिक्री रूपान्तरण सत्र सम्पन्न भएको छ। काठमाडौँमा आज आयोजित कार्यक्रममा चालु आर्थिक वर्षको दोस्रो त्रैमासको व्यापार समिक्षा गर्दै आर्थिक वर्ष २०८१/८२ को बाँकी समयावधिको लागि सेल्स रणनीतिको तर्जुमा गरिएको थियो ।

विज्ञापन
Advertisement
Advertisement

कार्यक्रममा बोल्दै कम्पनीका संचालक कमलेश कुमार अग्रवालले प्रतिकूल आर्थिक अवस्थाको बावजुद पनि कम्पनीले प्राप्त गरेको उपलब्धिका निम्ति अहोरात्र खट्ने सम्पूर्ण नेपाल लाइफकर्मीको प्रसंशा गरे । उनले नेपाल लाइफ जीवन बीमा उद्योगको मार्ग प्रदर्शकको रुपमा रहेको र अहिले हासिल गरेको उपलब्धि भन्दा धेरै माथिको उपलब्धि ल्याउन सक्ने प्रचुर सम्भावना बोकेको बताए । नेपाल लाइफको टिम बीमा उद्योगमा सबैभन्दा उत्कृष्ट रहेको र यस टिमको परिचालनले उद्योगमा आमूल परिवर्तन ल्याउनेमा आफू निर्धक्क रहेको भनाई अग्रवालको छ । सो लक्ष्य प्राप्तिका निम्ति सहजकर्ताको भूमिका निर्वाह गर्न संचालक समिति सकारात्मक रहेको समेत उनले प्रस्ट पारे । सशक्त सेल्स टिमले आगामी दिनमा अथक मेहनत र परिश्रम गर्दै जीवन बीमाको बजारीकरण, सचेतना तथा बीमा बजारको विकाश र बीमाको पहँुचलाई आम नागरिकबीच पु¥याउन महत्वपूर्ण भूमिका निर्वाह गर्नु पर्नेमा उनले जोड दिए ।

बैंकमा तरलता बढ्दै गर्दा लगानीको प्रतिफलमा कमी नआओस् र लगानीको प्रतिफल वृद्धि होस् भन्ने हेतुलेनै कम्पनीले शिक्षा, हाइड्रोपावर तथा जग्गाहरूमा नेपाल बिमा प्राधिकरणको लगानी सम्बन्धी निर्र्देशिकाको अधीनमा रहेर लगानी गर्दै उनले बताए । कम्पनीको गौरवशाली इतिहासलाई कायम राख्दै बीमा बजारको विस्तारमा सम्पूर्ण नेपाल लाइफकर्मीलाई लाग्न समेत उनले आग्रह गरे ।

यसैगरी, कार्यक्रमामा बोल्दै प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले कम्पनीले इनोभेटिभ प्रोडक्टहरू मार्केटमा ल्याइरहेको र आगामी दिनमा पनि यस्ता प्रोडक्टहरु मार्केटमा ल्याएर बीमा बजारको विस्तारमा भूमिका निर्वाह गर्नका निम्ति काम सुरु गरिसकेको जानकारी दिए । उनले कम्पनीले उत्कृष्ट प्रदर्शन गरेको र सोलाई मूर्त रूप प्रदान गर्न सहयोग गर्ने अभिकर्ताहरु, कर्मचारीहरु तथा सरोकारवालाहरुलाई धन्यवाद दिए । पराजुलीले कर्मचारीहरूको दक्षता अभिवृद्धि गर्नका विभिन्न तालिमहरू सञ्चालन गर्दै आएको र यसलाई निरन्तरता दिने प्रतिबद्धता समेत जनाए । उनले निकट भविष्यमा बीमितहरुले कम्पनीद्वारा प्रदान गरिने सेवाहरु प्राप्त गर्न शाखा धाउनु पर्ने अवस्थाको अन्त्य हुने र बीमितहरुले घरै बसी सम्पूर्ण सेवा थप छिटोछरितो चुस्त र दुरुस्त तवरले प्राप्त गर्ने कुरा धारणा राखे ।

कार्यक्रममा नेशनल सेल्स हेड, सेल्स सँग सम्बन्धित विभागीय प्रमुखहरु तथा प्रादेशिक प्रमुखहरुले आ–आफ्नो प्रतिवेदनहरु प्रस्तुत गरे । नेशनल सेल्स हेड उमापति पोखरेलले कम्पनीको उच्च व्यवस्थापनद्वारा दिईएको मार्गदर्शनलाई सेल्स टिमले जीवन बीमा बजारको बजारीकरण तथा बीमाको पहुँचलाई बढाउन कुनै कसर नराखी कार्यसम्पादन गर्न सम्पूर्ण नेपाल लाइफकर्मी लाग्ने उल्लेख गरे ।

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit