Advertisement
Advertisement
Corporate Samachar
३० जेष्ठ २०८३, शनिबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

रोयल इनफिल्ड महा राइड : जनकपुरदेखि सिन्धुलीसम्मको रोमाञ्चक यात्रा सम्पन्न

रोयल इनफिल्ड महा राइड : जनकपुरदेखि सिन्धुलीसम्मको रोमाञ्चक यात्रा सम्पन्न
विज्ञापन
Advertisement

जनकपुर ।  रोयल इनफिल्ड प्रेमीहरूका लागि विशेष उत्सवको रूपमा हालै रोयल इनफिल्ड महा राइड सम्पन्न भएको छ। यो ऐतिहासिक यात्रा जनकपुरस्थित रोयल इनफिल्ड शोरुमबाट सुरु भई सिन्धुलीसम्म पुगेको थियो । राइडको मुख्य उद्देश्य सडक सुरक्षा, आन्तरिक पर्यटन प्रवर्द्धन, अनुशासित राइडिङ, भातृत्व विकास, र रोयल इनफिल्ड समुदायलाई सुदृढ बनाउनु रहेको थियो।

विज्ञापन
Advertisement
Advertisement

जनकपुरबाट सुरु भएको यो यात्रा बर्दिबासमा छोटो बिश्राम गर्दै थप राइडरहरूलाई समेट्ने गरी योजनाबद्ध गरिएको थियो। बर्दिबासस्थित रोयल इनफिल्ड शोरुममा थप १० जना राइडरहरू सहभागी भएपछि कुल राइडर संख्या ६१ पुगेको थियो। कार्यक्रमको औपचारिक उद्घाटन मधेश प्रदेश यातायात मन्त्रालयका सचिव श्री रन्जित यादवले गरेका थिए । कार्यक्रममा झण्डोत्तोलन अल्फा अटोमोटिभका निर्देशक मेघराज पैडेल, नेशनल कार्ट हेड दिपेश श्रेष्ठ, र नारायणी मोटर्सका निर्देशक अभिषेक गोयन्काले संयुक्त रूपमा गरेका थिए। सचिव यादवले सडक सुरक्षाबारे महत्वपूर्ण विचार प्रस्तुत गर्दै सुरक्षित राइडिङ संस्कृतिको महत्त्वबारे चर्चा समेत गरे ।

रोड क्याप्टेन बिमल श्रेष्ठको नेतृत्वमा सम्पूर्ण राइडरहरूले अनुशासित रूपमा यात्रा अगाडि बढेको थियो। ऐतिहासिक जनकपुरधामको जानकी मन्दिर परिक्रमा गर्दै राइडरहरूले धार्मिक आस्था तथा सांस्कृतिक सम्पदाको प्रवर्द्धनमा योगदान पुर्‍याएका थिए।

यस यात्राले निम्न सन्देशहरू प्रवाह गरेको थियो ?

आन्तरिक पर्यटन प्रवर्द्धन “घुमौँ मधेश, बुझौँ मधेश” अभियानलाई सफल बनाउन सहयोग गर्दै नेपालका सुन्दर गन्तव्यहरू चिनाउने अवसर प्रदान गर्नु।

सडक सुरक्षा प्रोत्साहन स् अनुशासित समूहिक राइडिङद्वारा उदाहरण प्रस्तुत गर्नु,राइडर समुदाय बलियो बनाउने प्रयास स् समान रुचि भएका व्यक्तिहरूलाई एकीकृत गराउँदै भातृत्व विकास गर्न प्रेरित गर्नु, रोयल इनफिल्ड महा राइडले नेपालका मोटरसाइकल प्रेमीहरूलाई एकसूत्रमा बाँध्दै, सुरक्षित र रोमाञ्चक यात्राको उत्कृष्ट उदाहरण प्रस्तुत गरेको छ।

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit