काठमाडौं । नेपालमा अशोक लेल्यान्डका सवारीसाधनको आधिकारिक वितरक आईएमई मोटर्स प्रालिले दशैं तथा तिहारको अवसर पारेर ग्राहक लक्षित २० दिने विशेष सेवा अभियान सुरु गरेको छ।
‘दशैं–तिहार चाडपर्वको यात्रा, सुरक्षित र चुस्त बनाऔँ’ भन्ने नारासहित सञ्चालन गरिएको अभियान आइतबारदेखि (२७ सेप्टेम्बरदेखि १६ अक्टोबर) सम्म जारी रहनेछ। अभियानअन्तर्गत देशभर रहेका अशोक लेल्यान्डका १४ वटा ग्राहक सेवा केन्द्रबाट ग्राहकले विभिन्न विशेष सेवा तथा छुट सुविधा प्राप्त गर्न सक्नेछन्।
काठमाडौं उपत्यकामा बालाजुस्थित अशोक लेल्यान्ड सेवा केन्द्रबाट सेवा लिन सकिनेछ भने उपत्यकाबाहिर धनगढी, नेपालगञ्ज, सुर्खेत, दाङ, बुटवल, चितवन, पोखरा, हेटौँडा, बर्दिबास, जितपुर, इटहरी, बिर्तामोड र कटारीस्थित सेवा केन्द्रबाट ग्राहकले सेवा लिन सक्नेछन्। अभियान अवधिमा २ हजार ५ सयभन्दा बढी व्यावसायिक सवारीसाधनको जाँच तथा मर्मतसम्भार गर्ने लक्ष्य लिइएको छ। कम्पनीका अनुसार, अभियानमा ब्रेक समायोजन, श्रम शुल्क, सवारीसाधनको पूर्ण जाँच तथा विद्युतीय निदान परीक्षणमा शतप्रतिशत छुट अर्थात् निःशुल्क सेवा उपलब्ध गराइनेछ।
त्यस्तै, सवारीसाधनका आवश्यक पार्टपुर्जा तथा स्नेहक पदार्थमा १५ प्रतिशतसम्म छुट र एडब्लूब्ल्यूमा विशेष छुटको व्यवस्था गरिएको छ। ग्राहकले नियमित मर्मतसम्भार, ब्याट्री तथा तारजडान प्रणालीको जाँचलगायतका सेवा पनि अभियानअन्तर्गत प्राप्त गर्न सक्नेछन्।अभियानमा चालकको क्षमता अभिवृद्धिलाई समेत प्राथमिकता दिइएको छ। यसअन्तर्गत बीएस–६ आधारभूत प्रशिक्षणमार्फत चालक सचेतना कार्यक्रम सञ्चालन गरिनेछ। यसले चालकलाई सवारीसाधनको सुरक्षित सञ्चालन, नियमित हेरचाह तथा सम्भावित प्राविधिक समस्याबारे जानकारी दिन सहयोग गर्ने कम्पनीले जनाएको छ।
चाडपर्वको समयमा सवारीसाधनको आवागमन र व्यावसायिक गतिविधि बढ्ने भएकाले लामो यात्राअघि सवारीसाधनको प्राविधिक अवस्था जाँच गरी पूर्वमर्मतसम्भार गर्न अभियानले विशेष जोड दिएको छ। पछिल्लो समयको मौसम तथा सडकको अवस्थालाई ध्यानमा राख्दा यात्राअघि सवारीसाधनको अवस्था परीक्षण गर्नु झनै महत्वपूर्ण रहेको आईएमई मोटर्सका बिक्रीपछिको सेवा महाप्रबन्धक शरद मिश्रले बताए । मिश्रका अनुसार चाडपर्वको समयमा ग्राहक लामो यात्रामा निस्कने भएकाले सवारीसाधनमा सामान्य प्राविधिक समस्या आउँदा पनि यात्रामा असर पर्न सक्छ। त्यसैले ग्राहकका सवारीसाधन सुरक्षित, भरपर्दो र चुस्त अवस्थामा राख्ने उद्देश्यले अभियान सञ्चालन गरिएको हो। अभियान अवधिभर ग्राहकको सहजतालाई ध्यानमा राखी शनिबारसमेत सेवा केन्द्र सञ्चालनमा रहने कम्पनीले जनाएको छ। चाडपर्वको यात्राका क्रममा सानो प्राविधिक समस्याले पनि यात्राको खुसीमा असर नपरोस् भन्ने उद्देश्यले ग्राहकलाई समयमै सवारीसाधन जाँच तथा मर्मतसम्भार गराउन कम्पनीले आग्रह गरेको छ।
नेपालमा सन् २०१६ देखि आईएमई मोटर्सले विश्वप्रसिद्ध अशोक लेल्यान्डका सवारीसाधन आधिकारिक रूपमा वितरण गर्दै आएको छ। कम्पनीमार्फत नेपालभर हलुका व्यावसायिक सवारीसाधन, ट्रक, टिपर तथा बस उपलब्ध हुँदै आएका छन्। मजबुती, विश्वसनीयता, आरामदायी यात्रा र उत्कृष्ट इन्धन दक्षताका कारण अशोक लेल्यान्डका सवारीसाधनले नेपालसहित विश्व बजारमा समेत आफ्नो पहिचान स्थापित गरेको कम्पनीको भनाइ छ।















प्रतिक्रिया दिनुहोस्