Advertisement
Advertisement
Corporate Samachar
२६ जेष्ठ २०८३, मंगलवार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

अटो क्षेत्रको नयाँ संस्था नाइमाको औपचारिक घोषणा,आगामी साउनमा ‘मोबालिटी एक्स्पो’ गर्ने

अटो क्षेत्रको नयाँ संस्था नाइमाको औपचारिक घोषणा,आगामी साउनमा ‘मोबालिटी एक्स्पो’ गर्ने
विज्ञापन
Advertisement

काठमाडाैं । नेपाल अटोमोबाइल्स इम्पोर्टस् एन्ड म्यानुफ्याक्चर्स एसोसिएसन (नाइमा) ले आजबाट औपाचारिक रूपमा सांगठनिक गतिविधि शुभारम्भ गरेको छ। बुधबार राजधानीमा भएको एक कार्यक्रमको आयोजना गर्दै संस्थाको शुभारम्भ भएको हो। कम्पनी रजिस्ट्रार कार्यालयमा फागुन ९ गते दर्ता भएको उक्त संस्था दुई महिनापछि औपचारिक रूपमा सक्रिय हुने भएको हो ।

विज्ञापन
Advertisement
Advertisement

छुट्टै अटो शोको घोषणा गरेको नाइमाले आफ्नो स्पष्ट दृष्टिकोण, कार्यक्षेत्र, मध्य तथा दीर्घकालीन योजना तथा मोबिलिटी सशक्तिकरणका लागि गर्न लागेको जनाएको छ । अटोमोबाइल ब्राण्डका चारपाँग्रे र दुईपाँग्रे सवारीको आयातकर्ता र उत्पादक आबद्ध रहने गरी नाइमाको परिकल्पना भएको हो । ट्रेडर्स सिन्डिकेटकी प्रबन्ध निर्देशक रितुसिंह वैद्य अध्यक्ष छिन् ।

कार्यक्रमको उद्घाटनको क्रममा बोल्दै बैद्यले संस्थाले राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा नेपालको गतिशीलता क्षेत्रको सामूहिक आवाजलाई प्रतिनिधित्व, रणनीतिक सहकार्य, विकास र वकालत गर्न एक एकीकृत मञ्चको रूपमा काम गर्ने बताइन् । उनले स्वैच्छिक नेतृत्व र सर्वसम्मत सहभागिताको सिद्धान्तमा स्थापना भएको नेपालकै पहिलो गैरराजनीतिक संस्था भएकोमा जोड दिएकी थिइन् ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit