Advertisement
Advertisement
Corporate Samachar
२६ जेष्ठ २०८३, मंगलवार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

सिप्रदी ट्रेडिङद्वारा टाटा एस ईभीको १०० युनिट बिक्री र १० लाख किलोमिटरको निर्बाध सञ्चालनको उपलब्धि

सिप्रदी ट्रेडिङद्वारा टाटा एस ईभीको १०० युनिट बिक्री र १० लाख किलोमिटरको निर्बाध सञ्चालनको उपलब्धि
विज्ञापन
Advertisement

काठमाडाैं । नेपालका लागि टाटा मोटर्सको आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले टाटा एस ईभीको १०० युनिट बिक्री सम्पन्न गरेको छ। यस अवसरमा १० लाख किलोमिटरको निर्बाध सञ्चालन सफलतापूर्वक सम्पन्न गरेको महत्वपूर्ण उपलब्धि मनाइएको छ। यो विशेष कार्यक्रम सिप्रदी ट्रेडिङको गैह्रीधारा स्थित शोरुममा आयोजना गरिएको थियो, जसमा विभिन्न प्रमुख ग्राहकहरूको समेत उपस्थिति रहेको थियो।

विज्ञापन
Advertisement
Advertisement

सिप्रदी ट्रेडिङले टाटा एस ईभीलाई नेपालका साना र मध्यम व्यवसायहरूको लागि उपयुक्त व्यावसायिक सवारी साधनको रूपमा प्रस्तुत गरेको छ। कम्पनीका अनुसार, टाटा एस ईभीले १०० प्रतिशत ब्याट्री हेल्थ, न्यूनतम डाउनटाइम र ग्राहकको दोहोरिएर गाडी खरिद गर्ने प्रवृत्तिले यो गाडीलाई काठमाडौं, पोखरा, बुटवल, चितवन र ईटहरीका व्यवसायीहरूको लागि भरपर्दो विकल्प बनाएको छ।

कार्यक्रममा टाटा मोटर्सका सिभिआईभी हेड असिफ शमीम र सिप्रदी ट्रेडिङका सीईओ राजन बाबु श्रेष्ठ प्रमुख अतिथिका रूपमा उपस्थित थिए। उनीहरूले टाटा एस ईभीको सफलताको महत्त्व र नेपालमा विद्युतीय यातायातको भविष्यबारे आफ्ना विचार व्यक्त गरे।

असिफ शमीमले टाटा एस ईभीप्रति ग्राहकहरूको विश्वासलाई दीगो यातायात समाधानप्रतिको प्रतिबद्धता र टाटा मोटर्सको उत्कृष्ट इन्जिनियरिङको प्रमाणको रूपमा व्याख्या गरे। त्यस्तै, सिप्रदी ट्रेडिङका सीईओ राजन बाबु श्रेष्ठले कम्पनीले सधैं नवीनता र दिगोपनको प्रवर्द्धनमा प्राथमिकता दिने कुरा उल्लेख गर्दै टाटा एस ईभीको सफलताले नेपालमा हरित यातायातप्रति बढ्दो रुचि जनाएको बताए।

टाटा एस ईभीको शून्य उत्सर्जन प्रविधि, कम सञ्चालन खर्च र भरपर्दो बिक्रीपछिको सेवा प्रणालीले यसलाई व्यावसायिक सवारी साधनको क्षेत्रमा नयाँ कीर्तिमान बनाएको छ। सिप्रदी ट्रेडिङले यस उपलब्धिको साथ भविष्यमा पनि दिगो र उन्नत यातायात समाधानहरू उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit