Advertisement
Advertisement
Corporate Samachar
२७ जेष्ठ २०८३, बुधबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

जनकपुरमा टीभीएसको नयाँ स्वरुम विस्तार

जनकपुरमा टीभीएसको नयाँ स्वरुम विस्तार
विज्ञापन
Advertisement

काठमाडौं । विश्व बजारमै अत्याधिक रुचाइएको लोकप्रिय सवारी ब्रान्ड टीभीएसले जनकपुरमा नयाँ स्वरुम विस्तार गरेको छ ।

विज्ञापन
Advertisement
Advertisement

आधिकारिक डिलरशिपमा लागि बुधबार सुविधा सम्पन्न शोरूमको उद्घाटन भएको हो । स्वरुम आर्यन अटोमोबाइल्सद्वारा सञ्चालित हुने छ । उद्घाटन कार्यक्रममा प्रदेश २ का मुख्यमन्त्री सतिश कुमार सिंहले टीभीएसको व्यवसायिक विस्तारले स्थानिय अर्थतन्त्रलाई बलियो बनाउन तथा रोजगारीका अवसर सिर्जना गर्न महत्वपूर्ण योगदान दिने बताए ।

‘टीभीएस, नेपाली उपभोक्ताका लागि लामो समयदेखि भरपर्दो र नवीनतम प्रविधि सुसज्जित उत्पादनहरु प्रस्तुत गर्दै आइरहेको ब्रान्ड हो ।’ मुख्यमन्त्री सिंहले भने, ‘सञ्चालनमा आएको यो नयाँ शोरूमले ग्राहकलाई उच्च गुणस्तरका दुईपांग्रे सवारी साधन सहज रूपमा उपलब्ध गराउनेछ, जसले स्थानीय यातायातको सुविधा सुधार गर्नेछ भन्ने मेरो विश्वास छ ।’

कार्यक्रममा जेएमपीएलका कार्यकारी निर्देशक अखिल गुप्ता तथा आर्यन अटोमोबाइल्सका प्रबन्ध निर्देशक राम बालक महतोले जनकपुरका आफ्ना ग्राहकहरूलाई विश्वस्तरीय सवारी साधन तथा सेवा अनुभव प्रदान गर्ने प्रतिबद्धता दोहोर्याएका थिए ।

जनकपुरमा नयाँ टीभीएस डिलरशिपले मोटरसाइकल र स्कुटरहरूको विस्तृत रेन्ज, बिक्री पछिको भरपर्दो सेवा तथा सहज खरिद प्रक्रिया प्रदान गर्ने कम्पनीले जनाएको छ । यसले ग्राहकहरूलाई आफ्ना आवश्यकताअनुसार उत्तम सवारी छनोट गर्न सघाउने प्रतिबद्धता कम्पनीले गरेको छ ।

“टीभीएसले सधैं उद्योगमा नयाँ मानक स्थापित गर्दै आएको छ । यो नयाँ डिलरशिपले प्रदेश २ मा हाम्रो उपस्थिति बलियो बनाउनुका साथै ग्राहकहरूसम्म विश्वस्तरीय दुईपांग्रे सवारी सजिलै पु¥याउने हाम्रो प्रतिबद्धतालाई अझ मजबुत बनाउनेछ“, जेएमपीएलका कार्यकारी निर्देशक अखिल गुप्ताले भने ।

त्यस्तै, आर्यन अटोमोबाइल्सका प्रबन्ध निर्देशक राम बालक महतोले भने, “हामी जनकपुरका ग्राहकहरूलाई टीभीएसका अत्याधुनिक उत्पादन र सेवाहरू उपलब्ध गराउन निकै उत्साहित छौं । हाम्रो प्रमुख उद्देश्य भन्नु नै ग्राहक वर्ग माझ सर्वोत्तम ग्राहक अनुभव प्रदान गर्नु हो । यसका लागि भरपर्दो सेवा र विश्वासनिय स्पेयर पाट्र्सको सुनिश्चितता प्रदान गर्न हामी प्रतिबद्ध छौँ । “

टीभीएस ब्रान्ड नेपालका दुईपांग्रे सवारी साधनको बजारमा अग्रणी स्थानमा रहँदै आएको छ । नयाँ डिलरशिपले ग्राहकहरू, मोटरसाइकल पारखीहरू लगायतका लागि टेस्ट राइड, वित्तीय योजनाहरू तथा विशेषज्ञ परामर्श सुविधा उपलब्ध गराउने जानकारी दिइएको छ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit