Advertisement
Advertisement
Corporate Samachar
२८ आश्विन २०८३, बुधबार
Advertisement
Advertisement

धौलीगंगा बाँधका ढोका खोलिँदै, महाकाली तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह

धौलीगंगा बाँधका ढोका खोलिँदै, महाकाली तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह
विज्ञापन
Advertisement

कञ्चनपुर। भारतको उत्तराखण्डस्थित धौलीगंगा जलविद्युत् आयोजनाको बाँधका ढोका ४८ घण्टाका लागि खोलिने भएपछि कञ्चनपुर प्रशासनले महाकाली नदी तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरेको छ।

विज्ञापन
Advertisement
Advertisement

जिल्ला प्रशासन कार्यालय कञ्चनपुरका अनुसार बाँधमा जम्मा भएको सिल्ट सफाइ गर्न असोज १७ गते (शनिबार) राति १ बजेदेखि असोज १९ गते सोमबार राति १ बजेसम्म बाँधका ढोका खोलिनेछ। बाँधका ढोका खोलिएपछि महाकाली नदीमा पानीको बहाव र जलस्तर बढ्न सक्ने भएकाले नदी किनार तथा आसपासका क्षेत्रमा जोखिम बढ्न सक्ने प्रशासनले जनाएको छ।

प्रशासनले महाकाली नदी किनारमा बसोबास गर्ने नागरिक तथा नदीमा आवतजावत गर्ने सबैलाई आवश्यक पूर्वसतर्कता अपनाउन अनुरोध गरेको छ। विशेषगरी बाँधका ढोका खुला रहने अवधिमा नदीमा नजान, नदी किनारमा नबस्न तथा सम्भावित जोखिमबाट सुरक्षित रहन आग्रह गरिएको छ।

बाँधका ढोका बन्द भएपछि पनि केही समयसम्म महाकाली नदीको जलस्तर बढ्न सक्ने सम्भावना रहेकाले तटीय क्षेत्रका बासिन्दालाई थप सतर्कता अपनाउन प्रशासनले अनुरोध गरेको छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit