Advertisement
Advertisement
Corporate Samachar
६ कार्तिक २०८३, बिहीबार
Advertisement
Advertisement

निगम सुधारबिना नयाँ जहाज थप्नुको औचित्य छैन: पर्यटनमन्त्री पौडेल

निगम सुधारबिना नयाँ जहाज थप्नुको औचित्य छैन: पर्यटनमन्त्री पौडेल
विज्ञापन
Advertisement

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले संरचनागत तथा व्यवस्थापकीय सुधार नगरी नेपाल वायुसेवा निगममा नयाँ जहाज थप्नुको औचित्य नरहेको बताएका छन्।

विज्ञापन
Advertisement
Advertisement

शुक्रबार प्रतिनिधिसभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको बैठकमा मन्त्री पौडेलले निगमको वर्तमान आर्थिक, प्रशासनिक र व्यवस्थापकीय अवस्था कमजोर रहेकाले फ्लीट विस्तारभन्दा पहिले संस्थागत सुधार आवश्यक रहेको बताए। उनका अनुसार निगममा वित्तीय योजना, मानव संसाधन, बजार व्यवस्थापन र सञ्चालन प्रणालीमा सुधारको खाँचो छ। आगामी महिनाहरूमा वाइडबडी जहाजको ओभरहाल तथा मर्मतसम्भारमा ठूलो रकम आवश्यक पर्ने भएकाले त्यसका लागि तत्काल वित्तीय योजना बनाउनुपर्ने उनले बताए।

मन्त्री पौडेलले निगमको ऋणभार घटाउने, इक्विटी बढाउने र विगतमा पुँजीकरण गरिएको ब्याजको पुनरावलोकन गर्नुपर्ने आवश्यकता औंल्याए। उनका अनुसार निगमलाई दीर्घकालीन रूपमा सक्षम बनाउन सार्वजनिक–निजी साझेदारीको सम्भावनाबारे समेत बहस आवश्यक छ। निगममा लामो समयदेखि राजनीतिक हस्तक्षेप र कमजोर व्यवस्थापन रहेको स्वीकार गर्दै उनले अब सुधारमुखी सरकारी हस्तक्षेप आवश्यक रहेको बताए। महाप्रबन्धक नियुक्तिसम्बन्धी मुद्दा अदालतमा विचाराधीन रहेकाले तत्काल नेतृत्व व्यवस्थापनमा कानुनी जटिलता रहेको उनको भनाइ छ।

हाल निगमसँग रहेका सीमित जहाजमध्ये एउटामा प्राविधिक समस्या आउँदा समेत उडान व्यवस्थापन प्रभावित हुने अवस्था रहेको उल्लेख गर्दै उनले पहिले संरचनागत सुधार, त्यसपछि मात्रै जहाज थप्ने वा लिजमा ल्याउने प्रक्रिया अघि बढाइने स्पष्ट पारे। मन्त्री पौडेलले निगम सुधारको कार्ययोजना तयार भइरहेको र छिट्टै संसदीय समितिमा पेस गरिने जानकारी दिए।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement

Powered By: Nectar Digit