Advertisement
Advertisement
Corporate Samachar
२८ आश्विन २०८३, बुधबार
Advertisement
Advertisement

बालेनका सल्लाहकारदेखि स्वकीय सचिवालयसम्म २५ जना, ३ जनालाई मन्त्रीसरहको सुविधा

बालेनका सल्लाहकारदेखि स्वकीय सचिवालयसम्म २५ जना, ३ जनालाई मन्त्रीसरहको सुविधा
फाइल फोटो
विज्ञापन
Advertisement

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) को सल्लाहकार समूह तथा स्वकीय सचिवालयमा कार्यरत २५ जना पदाधिकारी तथा कर्मचारीको विवरण सार्वजनिक भएको छ।

विज्ञापन
Advertisement
Advertisement

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले आफ्नो वेबसाइटमार्फत उनीहरूको नाम, जिम्मेवारी र पदको तह सार्वजनिक गरेको हो। सार्वजनिक विवरणअनुसार प्रधानमन्त्रीको सचिवालयमा तीन जनाले मन्त्रीसरह र दुई जनाले राज्यमन्त्रीसरह सुविधा पाउनेछन्। अवैतनिक मुख्य राजनीतिक सल्लाहकार कुमार ब्यञ्जनकार र राजनीतिक सल्लाहकार असिम शाहलाई मन्त्रीसरहको श्रेणीमा राखिएको छ। यस्तै, अवैतनिक स्वास्थ्य सल्लाहकार प्रा.डा. जगदीशप्रसाद अग्रवालले पनि मन्त्रीसरह सुविधा पाएका छन् ।

नीति, प्रशासन तथा सुशासन सल्लाहकार सुदीप ढकाल र सूचना तथा सञ्चार प्रविधि सल्लाहकार विवेक मिश्रलाई राज्यमन्त्रीसरह सुविधा दिइएको छ।

स्वकीय सचिवालयतर्फ सुवाष शर्मा प्रमुख स्वकीय सचिव छन्। उनको पद राजपत्रांकित विशिष्ट श्रेणीसरह रहेको छ। नविन भण्डारी स्वकीय सचिव तथा सञ्जिव पाण्डे विकास परियोजना र दिपा दाहाल प्रेस तथा अनुसन्धान विज्ञका रूपमा कार्यरत छन्। सन्तोष गिरी कार्यक्रम तथा भ्रमण संयोजक र विश्व राई सामाजिक विकास विज्ञ छन्। यी पदहरू राजपत्रांकित प्रथम श्रेणीसरह छन्। त्यस्तै, प्रकृति ढकाल, विशाल अधिकारी र विनय शाक्य स्वकीय उपसचिवसरह तथा सुमन गौतम नागरिक उड्डयन र रवि किरण अधिकारी भाषा तथा मस्यौदा हेर्ने सहायक विज्ञका रूपमा छन्। उनीहरूको पद राजपत्रांकित द्वितीय श्रेणीसरह रहेको छ।

राजपत्रांकित तृतीय श्रेणीसरहको तहमा प्रेस सहजकर्ता सुरेन्द्र बजगाईं, ग्राफिक्स डिजाइनर रोशन तामाङ, स्वकीय शाखा अधिकृत बेदानन्द जोशी र अनुसन्धान अधिकृत हेम नारायणदास चौधरी छन्। प्रशासन सहायकतर्फ अनुप थापा मगर, ऋषि थापा, राज कुमार गौतम र बेनिस कार्की तथा कम्प्युटर सहायक (भिडियोग्राफर) अमृत पाण्डे छन्। यी पदहरू राजपत्र अनंकित प्रथम श्रेणीसरह छन्।

यसअघि संसद्मा प्रधानमन्त्री कार्यालयले प्रधानमन्त्री शाहले विभिन्न तहको सेवा सुविधासहित २७ जनालाई नियुक्त गरेको जानकारी दिएको थियो। पछिल्लो सार्वजनिक सूचीमा भने सल्लाहकार, विज्ञ र स्वकीयतर्फ २५ जनाको विवरण समेटिएको छ। सचिवालयको विवरणअनुसार २३ जनाको मासिक तलब तथा भत्तामा ११ लाख ३६ हजार रुपैयाँ बढी खर्च हुने गरेको छ। यही दरलाई वार्षिक रूपमा हिसाब गर्दा तलब तथा भत्तामा मात्रै राज्यकोषबाट १ करोड ३६ लाख ३८ हजार रुपैयाँमाथि खर्च हुने देखिन्छ।

 

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit