Advertisement
Advertisement
Corporate Samachar
११ जेष्ठ २०८३, सोमबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

अध्यादेश पारित गर्न सङ्ख्या गन्ने बेला आइसकेको छैनः प्रधानमन्त्री ओली

अध्यादेश पारित गर्न सङ्ख्या गन्ने बेला आइसकेको छैनः  प्रधानमन्त्री ओली
विज्ञापन
Advertisement

काठमाडौँ ।  प्रधानमन्त्री केपी शर्मा ओलीले अध्यादेश संसदबाट पारित हुने वा नहुने विषयमा अहिले टिप्पणी गर्ने बेला भइनसकेको बताएका छन् ।

विज्ञापन
Advertisement
Advertisement

अध्यादेश पास गर्नका लागि सत्तापक्षको सङ्ख्या गन्ने बेला आइनसकेको बताए । सङ्ख्या पुग्ने वा नगपुग्ने भन्ने सम्बन्धमा आज सङ्घीय संसद् भवन परिसरमा सोधिएको प्रश्नबारे संक्षिप्त प्रतिक्रिया दिँदै प्रधानमन्त्री ओलीले संसद्को गणपूरक सङ्ख्या गन्ने बेला आइनसकेको बताएका हुन् ।

संसद्को हिउँदे अधिवेशन सुरु हुनुअघि सरकारले विभिन्न मितिमा ६ वटा अध्यादेश जारी गरेको थियो । संसद् नियमावलीअनुसार संसद् बैठक सुरु भएपछि अध्यादेशहरू पेस गर्नुपर्ने प्रावधान छ ।सरकारले प्रतिनिधिसभामा टेबुल गरेका ६ वटा अध्यादेश आइतबारको कार्यसूचीमा परेका छैनन्।

हिउँदे अधिवेशनअन्तर्गत पहिलो बैठकमा टेबुल भएका अध्यादेशमा विपक्षी दलले ६६ वटा अस्वीकारका सूचना दर्ता गराएका छन्। ती सूचनासहित अध्यादेशलाई तत्कालै निर्णयार्थ पेश गरी प्रतिस्थापन विधेयक ल्याउने तयारी सरकारले गरे पनि पछिल्ला बैठकमा अध्यादेश कार्यसूचीमै परेको छैन् ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit