काठमाडौं । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले सिंहदरबार चहारेर अनुदान लिने विगतको प्रवृतिको आफूले अन्य गरेको दाबी गरेका छन् ।
युवा किसान सञ्जालले आज काठमाडौंमा आयोजना गरेको किसान सम्मान एंव अन्तरक्रिया कार्यक्रममा मन्त्री अधिकारीले आफुले कृषकको पक्षमा कार्य गरिरहेको भन्दै कृषि ऐन चाँडै नै ल्याउने बताए ।
मन्त्रालयको नेतृत्व सम्हालेको आठ महिनामा भएका कार्य र निर्णयहरु समग्र कृषि र किसानको पक्षमा भएको उल्लेख गर्दै मन्त्री अधिकारीले भने, ‘कृषि ऐन चाडै अघि बढाउने गरि मन्त्रालयले काम गरिरहेको छ। हामीले चाहेको सम्वृद्धि नयाँ ऐन मार्फत् प्राप्त हुन सक्ने गरी तयार हुँदैछ ।’
मन्त्री अधिकारीले भने, ‘ऐन चाडै मन्त्रीपरिषद् हुदै संसदमा पुग्दैछ । कृषि मार्फत गरिबी घटाउदै कम्तीमा कृषकलाई आफ्नै हैसियतमा बाँच्न सक्ने अवस्थामा पुरयाउने लक्ष्य ऐनले बोकेको छ ।’ मन्त्री अधिकारीले किसानलाई परिचय पत्र वितरणको कार्य यसै वर्षदेखि सुरु गर्ने तयारी गरेको बताए। उनले भने, ‘प्रधानमन्त्रीबाट परिचयपत्र वितरण सुरुवात गर्ने तयारी छ।’
अधिकारीले मन्त्रालयमार्फत विगत पाँच वर्ष यता अनुदान लिएकाहरुको नाम सार्वजनिक गरिएको उल्लेख गर्दै कृषि र किसानको नाममा १ खर्ब ७ अर्ब र्
रुपैयाँ वितरण भएको विवरण सार्वजनिक गर्नु मन्त्रालयको उपलब्धी भएको चर्चा गरे ।
उनले सिंहदरबार चहारेरअनुदान लिने विगतको प्रवृतिको अन्त्य भएको र आफु मन्त्रालयको नेतृत्वमा रहँदा सम्म अनुदानको दुरुपयोग हुन नदिने प्रतिबद्धता व्यक्त गरे ।

















प्रतिक्रिया दिनुहोस्