काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेडका ग्राहकहरूले काठमाडौंको बालकुमारीस्थित एथलेट ल्यान्ड एण्ड ट्रेनिङ क्लबका विभिन्न सेवा तथा सुविधामा विशेष छुट पाउने भएका छन्।
बैंकले ग्राहकलाई थप सेवा तथा सुविधा उपलब्ध गराउने उद्देश्यले एथलेट ल्यान्ड एण्ड ट्रेनिङ क्लबसँग छुटसम्बन्धी व्यावसायिक सम्झौता गरेको हो। सम्झौताअनुसार बैंकका ग्राहकले क्लबका विभिन्न सेवा तथा सुविधामा ७.५ प्रतिशतदेखि १७.५ प्रतिशतसम्म छुट प्राप्त गर्नेछन्।
क्लबमा जिम, बक्सिङ, एडभान्स कार्डियो, ग्रुप फिटनेस क्लासलगायतका विभिन्न शारीरिक व्यायाम तथा प्रशिक्षणसम्बन्धी सेवाहरू उपलब्ध रहेको बैंकले जनाएको छ। साथै, प्रशिक्षणपछि आराम तथा पुनर्ताजगीका लागि साउना सुविधासमेत उपलब्ध रहेको छ। उक्त छुट तथा सुविधा लिन बैंकका ग्राहकले मुक्तिनाथ विकास बैंकको डेबिट कार्ड वा मोबाइल बैंकिङ एपमार्फत भुक्तानी गर्नुपर्नेछ।
बैंकले ग्राहकको दैनिक जीवनसँग प्रत्यक्ष जोडिएका विभिन्न सेवा तथा सुविधामा साझेदारी विस्तार गर्दै ग्राहक अनुभवलाई थप सहज र लाभदायी बनाउने जनाएको छ।
















प्रतिक्रिया दिनुहोस्