काठमाडौं । सिक्लेस हाइड्रोपावर लिमिटेडले १३.३७५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ।
कम्पनीको असोज १९ गते बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०८२र८३ का लागि चुक्ता पुँजीको १२.७०६ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.६६९ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो। कम्पनीका अनुसार प्रस्तावित १२.७०६ प्रतिशत बोनस शेयरको कुल मूल्य १२ करोड ४२ लाख १ हजार २७७ रुपैयाँ बराबर रहेको छ। त्यस्तै, कर प्रयोजनका लागि ०.६६९ प्रतिशत नगद लाभांशबापत ६५ लाख ३६ हजार ९०९ रुपैयाँ ३२ पैसा वितरण गरिनेछ।
कम्पनीले प्रस्तावित बोनस शेयर तथा नगद लाभांश स्वीकृतिका लागि विद्युत् नियमन आयोगसमक्ष पेस गर्ने निर्णय गरेको जनाएको छ। आयोगबाट स्वीकृति प्राप्त भएपछि कम्पनीको आगामी साधारणसभामा लाभांशसम्बन्धी प्रस्ताव पेस गरिनेछ। साधारणसभाबाट प्रस्ताव पारित भएपछि मात्र कम्पनीले लाभांश वितरणको प्रक्रिया अघि बढाउनेछ।















प्रतिक्रिया दिनुहोस्