काठमाडौं । गृहमन्त्री सुधन गुरुङ बिमस्टेक गृहमन्त्रीस्तरीय प्रथम बैठकमा सहभागी हुन सोमबार भारतको नयाँदिल्ली प्रस्थान गरेका छन्। उनी दिउँसो १ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भारततर्फ प्रस्थान गरेका हुन् ।

उननले विशिष्ट व्यक्तिका लागि हुने छुट्टै, छिटो वा विशेष (भीआईपी लाउन्ज, विशेष सुरक्षा जाँच) सेवा लिएनन्। सामान्य नागरिक सरह गुरुङले सर्वसाधारणको लाइनमा बसेर, आफ्नो कागजपत्र देखाए र तोकिएको प्रक्रिया पूरा गरेर चेकइन गराएका थिए।

गृहमन्त्रीको कार्यभार सम्हालेपछि गुरुङको यो पहिलो औपचारिक वैदेशिक भ्रमण हो। बिमस्टेकअन्तर्गत सुरक्षा क्षेत्रको सहकार्य प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना हुन लागेको उक्त बैठक (असोज २७ गते) मंगलबार नयाँदिल्लीमा सुरु हुँदैछ। बैठकमा सहभागी भई उनी असोज २८ गते स्वदेश फर्किने कार्यक्रम रहेको छ।


















प्रतिक्रिया दिनुहोस्