Advertisement
Advertisement
Corporate Samachar
१ असार २०८३, सोमबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

त्रेता युगको स्मरण गराउने विवाहपञ्चमी महोत्सवको अन्तिम दिन आज रामकेलवा गरिँदै (तस्बिरहरु)

विज्ञापन
Advertisement

जनकपुर । यहाँ सप्ताहव्यापी रुपमा मनाईने विवाहपञ्चमी महोत्सवको छैठौं दिन मंगलबार माता सीताको स्वयमवरका साथै शुभ विवाह सम्पन्न भएको छ । त्रेता युगमा भगवान् राम र सीताको विवाह भएको दिवसका रूपमा मनाइने विवाहपञ्चमी मंगलबार अबेर रातीसम्म धुमधामसँग मनाइएको हो ।

विज्ञापन
Advertisement
Advertisement

जनकपुरधामको ऐतिहासिक जानकी मन्दिर प्राङ्गणमा नेपाल–भारतका हजारौँ श्रद्धालु भक्तजनकोबीच माता सीता र भगवान रामको मैथिली परम्परा अनुसार विवाह सम्पन्न भएको हो । जानकी मन्दिरमा सम्पन्न विवाह उत्सवमा भारतका साथै अन्य देशका पर्यटकहरुको बाक्लो उपस्थिति थियो ।

मंगलबार दिउँसो हेलिकप्टरमार्फत स्वयम्भर स्थान बाह्रविघा मैदान, जानकी मन्दिर र राममन्दिरमा पुष्पवृष्टि गरिएको थियो । आज विवाहपञ्चमी महोत्सवको अन्तिम दिन रामकलेवा रहेको छ । यस विधिमा अयोध्याबाट आएका सम्पूर्ण बारातीहरुलाई ५६ ब्यञ्जनको भोजन खुवाएर दक्षिणासहित विदा गर्ने प्रचलन छ ।

त्रेता युगमा भगवान श्री राम र माता सीताको विवाह भएको सम्झनामा प्रत्येक वर्ष जनकपुरधाममा धुमधामका साथ विवाहपञ्चमी उत्सव मनाउने गरिन्छ ।

फोटो : नेपाल न्यूज बैंक

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit