Advertisement
Advertisement
Corporate Samachar
६ कार्तिक २०८३, बिहीबार
Advertisement
Advertisement

चालु आवमा ६७ करोड ५० लाखको धान खरिद गरिने

चालु आवमा ६७ करोड ५० लाखको धान खरिद गरिने
Dhan Mandi Bhav - 1
विज्ञापन
Advertisement

काठमाडौँ, २६ असोजः सरकारले चालु आर्थिक वर्षमा न्यूनतम समर्थन मूल्यमा १५ हजार मेट्रिक टन धान खरिद गर्ने भएको छ । धान खरिद गर्न रु ६७ करोड ५० लाख विनियोजन भएको छ ।

विज्ञापन
Advertisement
Advertisement

कृषि, वन तथा पर्यावरण मन्त्रालयले न्यूनतम समर्थन मूल्यमा धान खरिद गर्न उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयसँग समन्वय भइरहेको बताएको छ ।

कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीको निजी सचिवालयका अनुसार खरिद प्रक्रिया प्रारम्भ भएको तथा आर्थिक वर्ष २०८३-८४ का लागि वर्षे धानको न्यूनतम समर्थन मूल्य प्रतिक्विन्टल रु तीन हजार ६६० र मोटा मध्यम धानको प्रतिक्विन्टल रु तीन हजार ८६० तोकिएको छ ।

न्यूनतम समर्थन मूल्यमा धान खरिद गर्दा किसानले उत्पादनको उचित मूल्य पाउने र बजारमा मूल्यसम्बन्धी अनिश्चितता कम हुने सचिवालयले जनाएको छ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement

Powered By: Nectar Digit