Advertisement
Advertisement
Corporate Samachar
६ आश्विन २०८३, मंगलवार
Advertisement

७२ ब्राेकर कम्पनीहरूकाे डाटा सेन्टरमा प्राविधिक समस्या समाधान, नेप्सेमा आजदेखि नियमित कारोबार

७२ ब्राेकर कम्पनीहरूकाे डाटा सेन्टरमा प्राविधिक समस्या समाधान, नेप्सेमा आजदेखि नियमित कारोबार
विज्ञापन
Advertisement

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का ७२ कारोबार सदस्य कम्पनीहरूको डाटा सेन्टरमा देखिएको प्राविधिक समस्या समाधान भएको छ। समस्या समाधान भएसँगै नेप्सेमा आजदेखि धितोपत्रको कारोबार पूर्ववत् रूपमा सञ्चालन हुने भएको छ।

विज्ञापन
Advertisement
Advertisement

नेप्सेले एक सूचना जारी गर्दै ७२ कारोबार सदस्य कम्पनीहरूको डाटा सेन्टरका रूपमा रहेको डाटा हब प्रालि। मा देखिएको प्राविधिक समस्या समाधान भएको जानकारी प्राप्त भएकाले आज २०८३ असोज ६ गतेदेखि नेप्सेको कारोबार पूर्ववत् रूपमा सञ्चालन हुने जनाएको हो।

डाटा हबमा असोज ४ गते बिहानदेखि प्राविधिक समस्या देखिएपछि नेप्सेको कारोबार प्रणालीसमेत प्रभावित हुने अवस्था सिर्जना भएको थियो। समस्या समाधानका लागि प्राविधिक टोलीले निरन्तर काम गरिरहेको थियो।

समस्या समाधान भएपछि नेप्सेले सम्बन्धित सबै लगानीकर्ता, कारोबार सदस्य तथा सरोकारवालालाई आजदेखि नियमित रूपमा कारोबार सञ्चालन हुने जानकारी गराएको हो।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit