Advertisement
Advertisement
Corporate Samachar
२७ भाद्र २०८३, शनिबार
Advertisement

लगातार दोस्रो दिन घट्यो शेयर बजार परिसूचक, झन्डै ४ अर्बको कारोबार

लगातार दोस्रो दिन घट्यो शेयर बजार परिसूचक, झन्डै ४ अर्बको कारोबार
विज्ञापन
Advertisement

काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार शेयर बजार परिसूचक नेप्से दोहोरो अंकले घटेको छ। नेप्से परिसूचक १३.८५ अंकले घटेर २ हजार ५३१.५५ विन्दुमा बन्द भएको हो।

विज्ञापन
Advertisement
Advertisement

यससँगै शेयर बजार लगातार दोस्रो दिन घटेको छ। बुधबार पनि नेप्से १५.४३ अंकले घटेको थियो । बिहीबार कारोबारमा आएका सबै १३ वटा उपसूचक घटेका छन् । उत्पादन तथा प्रशोधन समूह सबैभन्दा धेरै १.१४ प्रतिशतले घटेको छ । अन्य समूहको गिरावट भने १ प्रतिशतभन्दा कम छ । बैंकिङ समूह ०.४७ प्रतिशत, विकास बैंक ०.३४ प्रतिशत, वित्त ०.६६ प्रतिशत, होटल तथा पर्यटन ०.५० प्रतिशत, जलविद्युत् ०.५५ प्रतिशत, लगानी ०.४१ प्रतिशत, जीवन बीमा ०.१७ प्रतिशत, लघुवित्त ०.५६ प्रतिशत, निर्जीवन बीमा ०.७८ प्रतिशत, अन्य समूह ०.६४ प्रतिशत र व्यापार समूह ०.२७ प्रतिशतले घटेका छन् ।

बिहीबार ६७ कम्पनीको शेयर मूल्य बढेको छ भने २०० कम्पनीको मूल्य घटेको छ । ११ कम्पनीको शेयर मूल्य भने स्थिर रह्यो।कारोबार रकममा पनि सामान्य कमी आएको छ। बिहीबार ३ अर्ब ९९ करोड रुपैयाँ बराबरको शेयर किनबेच भएको छ । कारोबार रकमका आधारमा लिबर्टी इनर्जी शीर्ष स्थानमा रहेको छ । कम्पनीको ४५ करोड ४८ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । त्यस्तै रिलायन्स स्पिनिङ मिल्सको २१ करोड १२ लाख र एनआरएन इन्फ्रास्ट्रक्चर डेभलपमेन्टको १९ करोड ११ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

बिहीबार लिबर्टी इनर्जीको शेयर मूल्य १५ प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ। दोल्ती पावरको ८.२२ प्रतिशत, अपर लोहोरेखोलाको ७.०२ प्रतिशत, इमर्जिङ नेपालको ५.४६ प्रतिशतले शेयर मूल्य बढेको छ। यता सिन्धु विकास बैंकको शेयर मूल्य १५ प्रतिशतले घटेर नकारात्मक सर्किट लागेको छ। कर्पोरेट डेभलपमेन्ट बैंकको ५.२४ प्रतिशत, शुभम पावरको ५.१९ प्रतिशत, धौलागिरि लघुवित्तको ४.५० प्रतिशत र बाराही हाइड्रोपावरको ४.४० प्रतिशतले शेयर मूल्य घटेको छ ।

बिहीबार धेरै कारोबार हुने कम्पनीमा लिबर्टी इनर्जी, रिलायन्स स्पिनिङ मिल्स, एनआरएन इन्फ्रास्ट्रक्चर, नेपाल एसबीआई बैंक, रिडी पावर, सोलु हाइड्रोपावर, गरिमा विकास बैंक र सानिमा मिडिल तमोर रहेका छन्।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit