
काठमाडौँ, माघ १० : आज माघ १० देखि माघ २२ गतेसम्म नेपालगंजमा ५औं संस्करणको ‘क्यान इन्फोटेक २०२५’ आयोजना हुने भएको छ।
क्यान महासंघ बाँकेको आयोजनामा हुने क्यान इन्फोकेटको ५ औं संस्करण नेपालगन्ज उद्योग वाणिज्य संघको आयोजनामा नेपालगन्जमा हुने प्रादेशिक महोत्सवमा आयोजना हुन लागेको हो ।
सूचना तथा सञ्चार प्रविधि क्षेत्रमा विकास भएका नयाँ-नयाँ प्रविधिको प्रदर्शनी तथा यस क्षेत्रको विकासका लागी क्यान महासंघ बाँकेले क्यान इन्फोटेक आयोजना गर्न क्यानले जनाएको छ ।
क्यान महासंघ बाँके र नेपालगन्ज उद्योग वाणिज्य संघ सम्झौता समेत भैसकेको छ । ५ औं क्यान इन्फोटेकको मुख्य प्रायोजकमा आईएनजीस्क्रीन रहेको छ, जसको इम्पोर्टर सगरमाथा आइटी ट्रेडर्स हो र सह-प्रायोजकमा डिजिटल पालिका रहेको छ।
त्यस्तै ५औं क्यान इन्फोटेक २०२५ को प्लाटिनम स्पोन्सरमा हीगभीजन (उग्रतरा इन्फोसिस), गोल्ड स्पोन्सरमा डिजिटल कर्नर, तथा सिल्भर स्पोन्सरमा सेन्चुरी कम्प्युटर सप्लायर्स रहेका छन् । प्रदर्शनीको सीसीटीभी सर्भीलेन्स पार्टनर हिकभिजन, एजुकेशन पार्टनर नेपालगञ्ज क्यानपस, अब्रोड स्टडी पार्टनर अल्फा बिटा, पावर सोलुसन पार्टनर पावर म्याक्स इन्स्ट्रुमेन्ट इन्डस्ट्रिज, ई गभर्नेन्स पार्टनर खजुरा गाउपलिका, गभर्मेस युनिभर्सिटी पार्टनर लुम्बिनी टेक्नोलोजिकल युनिभर्सिटी, बीमा पार्टनर सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेड, इन्टरनेट पार्टनर भायनेट कम्युनिकेसन लिमिटेड, डिजिटल डिजाइन पार्टनर नेक्स्ट जेन इन्फोसिस प्रा.लि. रहेका छन् ।
त्यस्तै प्रिन्टिङ पार्टनरमा ओम विज्ञापन, इभेन्ट म्यानेजमेन्ट पार्टनर लाइक माइन्ड्स इभेन्ट, इनोभेसम पार्टनर इनोभेसन र नवप्रवर्तन केन्द्र, सोशल मिडिया पार्टनर नेपालगञ्ज ग्यालरी र यात्रा मिडिया रहेका छन् । प्रर्दशनीलाई सफल पार्न खजुरा गाउँपालिका, बैजनाथ गाउँपालिका, नेपाल टेलीकम , नेपालगंज उद्योग वाणिज्य महासंघ, लगायतका संस्थाहरुको सहकार्य रहने छ।
आईएनजीस्क्रीन ५ औं क्यान इन्फोटेक २०२५ इन एसोसिएसन विथ डिजिटल पालिकामा सुचना प्रविधिको ३० वटा स्टल रहने छ भने सम्पूर्ण स्टालहरू बुकिंग भैसकेको क्यानले जनाएको छ ।
५ औं क्यान इन्फोटेक २०२५ बाट १५ देखी २० लाख बराबरको कारोबार हुने अनुमान समेत गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्