Advertisement
Advertisement
Corporate Samachar
६ असार २०८३, शनिबार
Advertisement

आजदेखि नेपालगंजमा ‘क्यान इन्फोटेक २०२५’ आयोजना हुँदै,२० लाख बराबरको कारोबार हुने अनुमान

आजदेखि नेपालगंजमा ‘क्यान इन्फोटेक २०२५’ आयोजना हुँदै,२० लाख बराबरको कारोबार हुने अनुमान
विज्ञापन
Advertisement

काठमाडौँ, माघ १० : आज माघ १० देखि माघ २२ गतेसम्म नेपालगंजमा ५औं संस्करणको ‘क्यान इन्फोटेक २०२५’ आयोजना हुने भएको छ।

विज्ञापन
Advertisement
Advertisement

क्यान महासंघ बाँकेको आयोजनामा हुने क्यान इन्फोकेटको ५ औं संस्करण नेपालगन्ज उद्योग वाणिज्य संघको आयोजनामा नेपालगन्जमा हुने प्रादेशिक महोत्सवमा आयोजना हुन लागेको हो ।

सूचना तथा सञ्चार प्रविधि क्षेत्रमा विकास भएका नयाँ-नयाँ प्रविधिको प्रदर्शनी तथा यस क्षेत्रको विकासका लागी क्यान महासंघ बाँकेले क्यान इन्फोटेक आयोजना गर्न क्यानले जनाएको छ ।

क्यान महासंघ बाँके र नेपालगन्ज उद्योग वाणिज्य संघ सम्झौता समेत भैसकेको छ । ५ औं क्यान इन्फोटेकको मुख्य प्रायोजकमा आईएनजीस्क्रीन रहेको छ, जसको इम्पोर्टर सगरमाथा आइटी ट्रेडर्स हो र सह-प्रायोजकमा डिजिटल पालिका रहेको छ।

त्यस्तै ५औं क्यान इन्फोटेक २०२५ को प्लाटिनम स्पोन्सरमा हीगभीजन (उग्रतरा इन्फोसिस), गोल्ड स्पोन्सरमा डिजिटल कर्नर, तथा सिल्भर स्पोन्सरमा सेन्चुरी कम्प्युटर सप्लायर्स रहेका छन् । प्रदर्शनीको सीसीटीभी सर्भीलेन्स पार्टनर हिकभिजन, एजुकेशन पार्टनर नेपालगञ्ज क्यानपस, अब्रोड स्टडी पार्टनर अल्फा बिटा, पावर सोलुसन पार्टनर पावर म्याक्स इन्स्ट्रुमेन्ट इन्डस्ट्रिज, ई गभर्नेन्स पार्टनर खजुरा गाउपलिका, गभर्मेस युनिभर्सिटी पार्टनर लुम्बिनी टेक्नोलोजिकल युनिभर्सिटी, बीमा पार्टनर सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेड, इन्टरनेट पार्टनर भायनेट कम्युनिकेसन लिमिटेड, डिजिटल डिजाइन पार्टनर नेक्स्ट जेन इन्फोसिस प्रा.लि. रहेका छन् ।

त्यस्तै प्रिन्टिङ पार्टनरमा ओम विज्ञापन, इभेन्ट म्यानेजमेन्ट पार्टनर लाइक माइन्ड्स इभेन्ट, इनोभेसम पार्टनर इनोभेसन र नवप्रवर्तन केन्द्र, सोशल मिडिया पार्टनर नेपालगञ्ज ग्यालरी र यात्रा मिडिया रहेका छन् । प्रर्दशनीलाई सफल पार्न खजुरा गाउँपालिका, बैजनाथ गाउँपालिका, नेपाल टेलीकम , नेपालगंज उद्योग वाणिज्य महासंघ, लगायतका संस्थाहरुको सहकार्य रहने छ।

आईएनजीस्क्रीन ५ औं क्यान इन्फोटेक २०२५ इन एसोसिएसन विथ डिजिटल पालिकामा सुचना प्रविधिको ३० वटा स्टल रहने छ भने सम्पूर्ण स्टालहरू बुकिंग भैसकेको क्यानले जनाएको छ ।

५ औं क्यान इन्फोटेक २०२५ बाट १५ देखी २० लाख बराबरको कारोबार हुने अनुमान समेत गरिएको छ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit