काठमाडौं । साताको अन्तिम कारोबार दिन शुक्रबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ११ दशमलव ३७ अङ्कले घटेर दुई हजार ७५६ दशमलव ४१ बिन्दुमा झरेको छ ।
नेप्सेका अनुसार ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पनि एक दशमलव ७७ अङ्कले घटेर ४ सय ७१ दशमलव ९९ बिन्दुमा पुगेको छ ।
आज तीन सय ५१ कम्पनीका एक करोड २७ लाख ३२ हजार ८६८ कित्ता शेयर पाँच अर्ब ६२ करोड ५६ लाख रुपैयाँभन्दा बढीमा खरिदबिक्री भएका छन् ।
कारोबार रकमका आधारमा आँखुखोला जलविद्युत् कम्पनी अग्रस्थानमा रह्यो । त्यसपछि सिटी होटल लिमिटेड, एनबिबिएल डिबेञ्चर, सेन्ट्रल फाइनान्स र रिडी पावर कम्पनीको कारोबार बढी भयो ।
आज कालिञ्चोक हाइड्रोपावर, उपकार लघुवित्त, लक्ष्मी बैंक डिबेञ्चर, बेष्ट फाइनान्स कम्पनी र सिटी होटलका लगानीकर्ताले सर्वाधिक कमाएका छन् ।
यता एबिएल डिबेञ्चर, होटल फरेष्ट इन, माविलुङ इनर्जी, रिजलाइन इनर्जी र सूर्यकुण्ड हाइड्रोका लगानीकर्ताले सबैभन्दा बढी घाटा बेहोरेका छन् ।
















प्रतिक्रिया दिनुहोस्