
काठमाडौँ । गरिमा विकास बैंक लिमिटेड र वात्सल्य नेचुरल आईभिएफ प्रालिबीच गरिमा विकास बैंकका ग्राहकलाई वात्सलय नेचुरल आईभिएफको देशभरि रहेका शाखाहरुबाट विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ ।
काठमाडौँको नक्शालथित वात्सल्य नेचुरल आईभिएफले उपचार पद्धतिमा गरिमा बैंकका ग्राहकलाई वात्सल्य आईभिएफ प्याकेज अन्र्तगत १० हजार रुपैयाँसम्मको छुट प्रदान गर्ने सम्बन्धमा मंगलबार सम्झौता भएको छ । सम्झौता पश्चात यस विकास बैंकका सम्पूर्ण ग्राहकहरुले वात्सल्य नेचुरल आईभिएफमा निसन्तान सम्बन्धी उपचारको प्याकेजमा एकमुष्ठ रु १०,०००, प्याथोलोजी परीक्षणमा १० प्रतिशत र औषधीमा ५ प्रतिशत छुट प्राप्त गर्नेछन् । विकास बैंकका खातावाल ग्राहक, डेविट तथा क्रेडिट कार्डहोल्डरहरुले वात्सल्य नेचुरल आईभिएफको सम्पूर्ण आउटलेटहरुबाट उक्त छुट प्राप्त गर्न सक्छन् ।
वात्सल्य नेचुरलले बाँझोपन परिक्षण, बाँझोपन उपचार, प्रजनन क्षमता संरक्षण, दाता उपचार तथा गर्भ परीक्षण लगायतका सेवाहरु प्रदान गर्दै अएको छ ।
प्रतिक्रिया दिनुहोस्